बिर्तामोड।

अर्जुनधारा–११ कि ९६ बर्षीया बृद्धा चम्पुकुमारी हेमरमलाई घर हस्तान्तरण गरिएको छ ।
श्रमिकटोलकी चम्पुकुमारी र एक नातिनीसहित दुई जना बस्दै आएकी छन् । नातिनी स्कूल पढ्दै गरेको र आफू काम गर्न नसकेपछि सहयोगी तथा आफन्तले दिएको खाद्यान्नले जिबिका चलाउँदै आएको उनी बताउँछिन् ।
सामाजिक अभियन्ता गणेश ढुंगानाको पहलमा अर्जुनधारा–११ हाल अमेरिका निवासी अरुणकुमार डाँगी, बिर्तामोड निवासी गणेश भट्टराई, रीता भट्टराईबाट ३१ हजार सात सयको आर्थिक सहयोग जम्मा भएको रकमबाट निर्माण गरिएको घर हस्तान्तरण गरिएको हो ।
कार्यक्रममा स्थानीय सामाजिक व्यक्तित्व दधिराम उप्रेती, तीर्थबहादुर राई, मोहन प्रसाई, रुपेन फागु लगायतले सहयोगी दाताहरुलाई धन्यवाद व्यक्त गर्नु भएको थियो । स्वच्छ समाजका लागि सामाजिक अभियानका अध्यक्ष गणेश ढुंगानाको अध्यक्षता सम्पन्न कार्यक्रममा सहजीकरण रञ्जित परियारले गरेका थिए ।






























