कमल ४ मा एमाले र ५ मा माओवादी

0
297

कमल ।

झापाको कमल–४ को वडाध्यक्षमा भट्टराईसहित एमालेको प्यानलै विजयी भएको छ ।

निर्वाचन कार्यालयले दिएको पछिल्लो जानकारी अनुसार कमल–४को अध्यक्षमा नेकपा एमालेका चन्द्रप्रसाद भट्टराईसहित एमालेको प्यानलै बिजयी भएको हो । भट्टराई १,४७४ मत प्राप्त गरी विजयी भएका हुन् भने उनका निकटतम् प्रतिष्पर्धी गठबन्धनका सूर्यप्रसाद लिम्बूले १,४३४ मत प्राप्त गरे ।

त्यसैगरी खुल्ला महिला सदस्यतर्फ एमालेकी जमुना खतिवडाले १,६०४ मत प्राप्त गरी विजयी भइन् भने दलित महिला सदस्यमा एमालेकी गोमादेवी विश्वकर्माले १,५१५ मत प्राप्त गरी विजयी भइन् । खुल्ला पुरुष सदस्यमा नवीन राईले १,५४५ मत तथा चतुर्भुज सुवेदीले १,४८८ मत प्राप्त गरी विजयी भएका निर्वाचन अधिकृत प्रकाश गौतमले जानकारी दिए ।

यसअघि सार्वजनिक भएको मत परिमाण अनुसार कमल गाउँपालिकाको वडा नम्वर १मा गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका केदार कटुवालसहित पूरै टिम विजयी भएको थियो भने वडा नम्वर २ मा नेकपा एसका अशोक सुब्बा सहितको प्यानल र वडा नम्वर ३मा अग्निप्रसाद कोइरालासहित प्यानलै एमाले र वडा नम्वर ४मा चन्द्रप्रसाद भट्टराईसहित एमालेको प्यानलै विजयी भएको निर्वाचन कार्यालयले जनाएको छ ।

त्यस्तै झापाको कमल गाउँपालिका वडा नम्वर ५को अध्यक्षमा गठबन्धनका तर्फबाट लालबहादुर विष्ट निर्वाचित भएका छन् । माओवादी केन्द्रका उम्मेदवार विष्ट १,५९२ मत प्राप्त गरी विजयी भएका हुन् भने उनका निकटतम् प्रतिष्पर्धी एमालेका खगेन्द्र तिवारीले १,४६७ मत प्राप्त गरेका छन् ।

त्यसैगरी खुल्ला महिला सदस्यतर्फ एमालेकी चन्द्रकला सुब्बाले १,६२५ मत प्राप्त गरी बिजयी भएकी छिन् भने दलित महिला सदस्यमा भूमिका महरा दर्जीले १,५६३ मत प्राप्त गरी विजयी भएकी छिन् । खुल्ला सदस्यमा ओमकुमार प्रधानले १,५१४ मत तथा चुरुङहाङ लावतीले १,४९८ मत प्राप्त गरी विजयी भएको निर्वाचन कार्यालयले जनाएको छ ।

यसअघि सार्वजनिक भएको मत परिमाण अनुसार कमल गाउँपालिकाको वडा नम्वर १मा गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका केदार कटुवालसहित पुरै टिम विजयी भएको थियो भने वडा नम्वर २मा नेकपा एसका अशोक सुब्बा सहितको प्यानलै र वडा नम्वर ३मा अग्निप्रसाद कोइरालासहित प्यानलै एमाले र वडा नम्वर ४मा चन्द्रप्रसाद भट्टराई सहित एमालेको प्यानलै विजयी भएको निर्वाचन कार्यालयले जनाएको छ ।

यो समाचार तयार पार्दासम्म कमल गाउँपालिकाको वडा नम्वर १, २, ३, ४ र ५ सम्मको प्राप्त मतगणनाको विवरण अनुसार गाउँपालिकाको अध्यक्षमा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका हुकुमसिंह राईले ८९४४ मत प्राप्त गरी अग्रस्थानमा छन् भने उनका निकटतम् प्रतिष्पर्धी एमालेका भीमप्रसाद राईले ६८६७ मत प्राप्त गरी पछ्याई रहेका छन् । त्यस्तै उपाध्यक्षमा एमालेकी प्रमिला न्यौपानेले ७४६५ मत प्राप्त गरेकी छिन् भने भने उनका निकटतम् प्रतिष्पर्धी गठबन्धनका पर्शुराम सुवेदीले ६१८४ मत प्राप्त गरी पछ्याई रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here