सवारी र्दुघटनामा दुई जनाको मृत्यु

0
631

मोरङ।

मोरङको बेलबारी नगरपालिका–१० स्थित पूर्व–पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

पूर्वतर्फ जाँदै गरेको प्रदेश १–०१–००१ ख ३८८७ नम्वरको बस, सडकमा रोकी राखेको को २ त ८५५९ नम्वरको ट्रयाक्टरमा पूर्वबाट पश्चिम तर्फ आउदै गरेको को १० प ३५९९ नम्वरको मोटरसाईकल ठक्कर खाँदा भएको दुर्घटनामा मोटरसाईकलमा सवार रहेका सुन्दरहरैचा नगरपालिका–११ मोरङका २३ बर्षीय अनिल चौधरी र २४ बर्षीय राजेश धिमाल घाईते भएका थिए ।

घाईतेहरुलाई तत्काल उपचारको लागि बिराटनगर स्थित कोशी अस्पताल लगिएकोमा चौधरीको अस्पताल पुर्‍याउना साथ मृत्यु भएको र धिमालको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा संलग्न सवारी साधन र दुवै चालकलाई इलाका प्रहरी कार्यालय बेलबारीले नियन्त्रणमा लिई घटना सम्वन्धमा थप अनुसन्धान गरिरहेको जनाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here