‘कबड्डी ४’को पोस्टर जलाउँदै मिरुनाविरुद्ध प्रदर्शन

0
707

काठमाडौं,

शुक्रवारबाट प्रदर्शनमा आएको फिल्म ‘कबड्डी ४’को प्रतिक्रिया बुझ्न अभिनेत्री मिरुना मगर आइतवार काठमाडौंको सिभिल हलमा पुगेकी थिइन् ।

त्यहाँ उनीसँग सेल्फी खिच्न दर्शकहरु ओइरिएपछि भीड अस्तव्यस्त बन्यो । यसैक्रममा फुर्वा तामाङ नामका एक बौद्ध भिक्षुले उनलाई पिठ्यूमा छुन पुग्छन् र मिरुनाले आफूमाथि दुर्व्यवहार गरेको भन्दै ती व्यक्तिलाई गालामा थप्पड हान्छिन् ।

फुर्वाले भीडमै मिरुनासँग माफी माग्छन् । तर, मिरुनाले प्रहरीलाई बोलाएर फुर्वालाई पक्राउ गर्न लगाउँछिन् । अहिले फुर्वा प्रहरी हिरासतमा छन् । सामाजिक सञ्जालमा भने मिरुनाले फुर्वालाई थप्पड हानेको भिडियो छ्यापछ्याप्ती बनेको छ । कतिले फुर्वाले गलत नियतले मिरुनामाथि दुर्व्यवहार गरेको बताएका छन् भने कतिले मिरुनाले थप्पड हान्नु ठूलो गलत रहेको तर्क राखेका छन् ।

सामाजिक सञ्जालमा मिरुनाको पक्षभन्दा विरोध बढी आवाज सुनिएको छ । दर्शकहरुले फिल्म ‘कबड्डी ४’ बहिस्कार गर्नुपर्ने माग गरेका छन् । कतिले अबदेखि मिरुनाको फिल्म नहेर्ने घोषणा समेत गरेका छन् । यो घटनाले फिल्मको व्यापारलाई असर गर्ने देखेपछि फुर्वालाई छुटाउन निर्माण टिम छलफलमा जुटेको छ । मिरुना पनि फुर्वालाई छुटाउन लचक देखिएको स्रोत बताउँछ ।

यसैक्रममा, ‘कबड्डी ४’को प्रदर्शन बन्द गर्न र फुर्वालाई तत्काल रिहा गर्न माग गर्दै बौद्ध भिक्षुहरुले एफक्यूब हल रहेको चाबहिलमा अवस्थित केएल टावर अगाडि फिल्मको पोस्टर जलाउँँदै प्रदर्शन गरेका छन् ।

उनीहरुले मिरुनाको विरुद्धमा पनि नाराबाजी गरेका छन् । फुर्वासँग मिरुनाले माफी माग्नु पर्ने उनीहरुको माग छ । केहीबेर भीड नियन्त्रण गर्न प्रहरीलाई समेत हम्मेहम्मे परेको थियो ।-फिल्मीखबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here