पथरीशनिश्चरेको भूमि समस्या हल गर्न थालिनेछु: अध्यक्ष घिमिरे

0
407

छविराज ढकाल /पथरीशनिश्चरे,

राष्ट्रिय भूमि आयोग मोरङ जिल्ला अध्यक्ष सुशिला घिमिरेले पथरीशनिश्चरे नगरको वडा नं ८ बाट भूमिसम्बन्धी समस्या जति सक्दो चाँडो समाधान गरिने बताउनुभएको छ ।

शुक्रबार वडा कार्यालयमा आयोजित छलफलमा भूमि आयोगकी जिल्ला अध्यक्ष घिमिरेले उक्त कुरा बताउनुभएको हो । छलफलका क्रममा उहाँले विशेष गरी पथरीशनिश्चरे नगरपालिका वडा नं ८ बाटै भूमि सम्वन्धि सम्पूर्ण समस्याको समाधान गर्न थालिने बताउनुभयो।

अघिल्लो राष्ट्रिय भूमि समस्या समाधान आयोगका अध्यक्ष देवि ज्ञावलीको पालामा भएका अधुरो कामलाई आवश्यक छानविन गरेर वर्तमान केशव निरौला नेतृत्वमा रहेको राष्ट्रिय भूमि आयोगले निरन्तरता दिँदै जाने बताइसकेको छ । सोहि बमोजिम जिल्ला भूमि आयोगकी अध्यक्ष घिमिरेले साबिक शनिश्चरे गाविसको वडा नं ४ र ५ ९ हालको पथरीशनिश्चरे वडा नं ८ ० मा विद्यमान रहेको भूमि सम्वन्धि समस्या हल गर्न पहिलो चरणमा सुरु गरिने जनाउनुभएको हो।

यस वडामा वडा कार्यालयले एक सूचना प्रकाशित गरी सम्वन्धित जोतभोग गर्ने, सुकुम्बासी तथा अव्यवस्थित बसोबास गर्दै आएकाहरूबाट आवश्यक कागजातहरू पेश गर्नु भनिएको थियो।

सोहि अनुसार स्थानीय जनताले आफुले भोगचलन गर्दै आएको जमीनको लालपुर्जा आफुहरुले पाउनुपर्ने भन्दै वडा कार्यालयको भूमिसम्बन्धी शाखामार्फत आवश्यक कागजातहरू पेश भैरहेको वडाध्यक्ष नवीन कार्कीले जानकारी दिनुभयो।

हाल यस वडामा वर्षौदेखि दोहोरो समित्व, खालीखाल्सा, ऐलानी जस्ता विभिन्न प्रकृतिका जग्गामा भोगचलान भएको पाइएको छ। यस वडामा ७५ प्रतिशत बढी मानिसहरूले साविक शनिश्चरे गाविसको वडा नं ४ र ५ हुदाँ देखि हालसम्म ऐलानी जग्गा उपभोग गर्ने,१० प्रतिशत जति जनताले दोहोरो समित्व रहेको जमीन भोतभोग गर्दै आएका छन् भने यस अघिल्ला पटकका भूमि आयोगहरूले दिएको लालपुर्जा सहितको जग्गा उपभोग गर्दै आएको बताइएको छ।

हालको वडा नं ८ जस्तै भूमि समस्या नगरको वडा नं ३,७ र १० मा पनि भूमिसम्बन्धी समस्या रहेको जनाईएको छ। नगरको भूमिहीन, सुकुम्बासी तथा अव्यवस्थित बसोबास समस्या समाधान आयोगमा प्राप्त भएका कागजातहरू कम्प्युटरमा प्रविष्टीकरण गर्ने कार्य लगभग समाप्त हुने क्रममा रहेको छ भने निकट भविष्यमै वडा नं १,२,३ बाट नापी कार्य सुरु हुने जनाइएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here