होटल व्यवसायीलाई भाषा प्रशिक्षण

0
316

बिर्तामोड ।

होटल ब्यवसायीहरुको क्षमता विकास संगै भाषामा पनि दक्ष बनाउने उद्धेश्यले होटल ब्यवसायी संघ झापाले १५ दिने भाषा प्रशिक्षण कार्यक्रम गरेको छ ।

बिर्तामोड–३ मा रहेको मेची आँखा अस्पतालमा भारतसहित विभिन्न मुलुकबाट उपचारका लागि विरामी आउने गरेपनि भाषाको ज्ञान नहुँदा होटलमा बस्न तथा खानमा समस्याभएपछि त्यस क्षेत्रका होटललाई लक्षित गरेर आसामिज तथा बङ्गाला भाषा प्रशिक्षण प्रदान गरिएको होटल ब्यवसायी संघ झापाकी अध्यक्ष इन्दिरा श्रेष्ठले बताइन् ।

उनले होटल ब्यवसायीको सिप विकाससंगै भाषाको ज्ञान नहुँदा समस्या भएपछि होटल ब्यवसायीहरुलाई भाषा प्रशिक्षा प्रदान गरिएको अध्यक्ष श्रेष्ठको भनाई छ । भाषा प्रशिक्षणपछि ग्रहाक र ब्यवसायी दुवैलाई सहज हुने अपेक्षा गरिएको छ । प्रशिक्षार्थीहरुलाई विजय सेढाईले भाषा प्रशिक्षण दिएका थिए । प्रशिक्षणपछि शुक्रबार आयोजित समापन कार्यक्रममा प्रशिक्षकहरुलाई प्रमाणपत्र प्रदान गरिएको थियो ।

अध्यक्ष श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा बिर्तामोड–३ का वडा सदस्य भागीमान लिम्बू, होटल ब्यवसायी संघका सल्लाहकार देवीभक्त श्रेष्ठ, होटल व्यवसायी संघका पूर्वअध्यक्ष भोला उप्रेती लगायतको आतिथ्य रहेको थियो । कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै सञ्चालन महासचिव शिव पौडेलले गरेका थिए ।

नेपाल पर्यटक बोर्डको आयोजना तथा होटल व्यवसायी संघ झापाको सहकार्यमा भाषा प्रशिक्षा कार्यक्रम गरिएको जनाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here