श्रीमतीलाई आगो लगाएर हत्या गर्ने श्रीमान पक्राउ

0
367

मोरङ,

श्रीमतीलाई आगो लगाई हत्या गर्ने मोरङ रंगेली नगरपालिका-१ बिर्ताबजार बस्ने तिलक मल्लिक पक्राउ परेका छन्।

घरायसी विवादका कारण ३२ वर्षीया श्रीमती बबिता मल्लिकलाई मट्टीतेल छर्किएर आगो लगाई फरार भएका थिए। घाइते बबिताको उपचारका क्रममा कोशी अस्पतालमा आज बिहान ६ बजे मृत्यु भएपछि प्रहरीले तिलकको खोजी तीव्र पारेको थियो।

तिलकलाई इलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको टोलीले केहीबेर अघि नियन्त्रणमा लिएको हो। आगलागीबाट उनको घरभित्र रहेको लत्ताकपडा, भाडाबर्तन‚ अन्न गरी करिब दुई लाख रुपैयाँ बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here