झापा गोल्डकपका अध्यक्ष तथा जेसीजका अभियानकर्मी विनोद वस्नेतलाई पितृशोक

0
516

बिर्तामोड,
बिर्तामोडका प्रतिष्ठित बस्नेत परिवारमा पितृशोक परेको छ ।
बिर्तामोडमा रहेर अनेकौं सामाजिक तथा व्यवसायिक संघ–संस्थामा कार्यरत विनोद बस्नेत, राजु बस्नेत र विपिन बस्नेतका बुबा कृष्णबहादुर बस्नेतको आइतवार बिहान इलामस्थित निजी निवासमा निधन भएको हो ।
वि।सं। २००६ साल फागुन १९ गते तत्कालीन साँखेजुङ–५मा शिवमाया र लक्ष्मण बस्नेतका काइँला छोराका रुपमा जन्मिएका कृष्णबहादुर साखेजुङमा चिया उद्योग सञ्चालन गरेर बसेका थिए ।
बस्नेतका छोराबुहारीहरुमा बिनोद–कोपिला, राजु–अनिता र विपिन–बन्दना तथा श्रीमती सरस्वती बस्नेत रहेका छन् । स्व। बस्नेतका जेठा छोरा विनोद झापा गोल्डकपका अध्यक्ष, जेसीज पूर्वअध्यक्ष समाज झापाका अध्यक्ष, एकका लागि एक अभियानका सहसंयोजक, नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नं। १का कार्यसमिति सदस्य, मेची पेट्रोलियम डिलर्स एशोसिएशनका महासचिव रहेका छन् । उनी सयपत्री ट्रेड लिंक लगायत विभिन्न प्रतिष्ठानका सञ्चालक समेत हुन् ।
लामो समयदेखि जेसीज अभियानमा क्रियाशील उनी वीरता जेसीजका पूर्वअध्यक्ष, रोटरी क्लब अफ बिर्तामोडका पूर्वअध्यक्ष, नेपाल जेसीजका पूर्व राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष हुन् । माइँला छोरा राजु खानेपानी संस्थान भद्रपुरमा कार्यरत छन् । त्यस्तै कान्छा छोरा विपिन अटो मोवाइल्स् लगायतका व्यवसायमा क्रियाशील छन् ।
स्व। बस्नेतको पार्थिव शरीरलाई आइतवारसाँझ बिर्तामोडस्थित निवासमा ल्याइएको र सोमवार विहान पूर्वको पवित्र नदी सुरुङ्गास्थित कनकाई आर्यघाटमा अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here