छविराज ढकाल/ पथरी,

आर्थिक रूपमा अति विपन्न हाल भरतपुर चितवनमा उपचाररत पवित्रा लिम्बु राईको थप उपचारका लागि कुसल यूवा समाजले पीडित विमारीका दाजू नर बहादुर लिम्बुलाई सहयोग रकम प्रदान गरेको छ।
सोमबार पथरीशनिश्चरे – ८ कुसल चोक निवासी क्यान्सर पीडित पवित्रा लिम्बु राईको उपचारका लागि कुसल युवा समाजले आर्थिक सहयोग प्रदान गरेको हो । कुशल यूवा समाजको अगुवाईमा समुदायबाट संकलित ७६ हजार ३ सय ४५ रुपैयाँ हस्तान्तरण गरिएको थियो ।
स्तन क्यान्सरबाट पीडित दुई छोराहरूकी आमा पवित्राको थप उपचारका लागि श्रीमान् दुर्गा राईले आर्थिक सहयोगको याचना गरेका छन्।
कुसल चौकस्थित माईतीको आश्रयमा बस्दै आएकी क्यान्सर पिडित पवित्रा लिम्बु राईको अर्थिक अवस्था निक्कै कमजोर भएका कारण उपचार गर्न कठिनाई भएकाले सम्पुर्ण सहयोग दाताहरूसमक्ष सहयोगका लागि हार्दिक अनुरोध गर्दै श्रीमान दुर्गा राईले आफ्नो फोन नं ९८०७०६७११२ समेत उपलब्ध गराएका छन्।






























