यूवा लेखक दीपेन्द्रको मोरङ्का नवनिर्वाचित जनप्रतिनिधिको जिवनी सहितको पुस्तक सार्वजनिक

0
570

छविराज ढकाल/ पथरीशनिश्चरे, 

पूर्वोत्तर मोरङ्को पथरीशनिश्चरे नगरलाई आफ्नो कर्मक्षेत्र बनाएर विभिन्न विषयमा पुस्तकहरू प्रकाशित गर्दै आएका यूवा लेखक दिपेन्द्र तिमिल्सिनाले पून: अर्को ९ औं खोजमूलक पुस्तक सार्वजनिक गरेका छन्।

दैनिक १० देखि १५ किलोमिटर पैदल हिडेर जिल्लाका विभिन्न पालिकाका वडा- वडा पुगेका लेखक तिम्सिनाले माेरङका १७ वटा पालिकाका १७ जना नवनिर्वाचित प्रमुख/उप प्रमुख तथा १ सय ५९ जना वडाध्यक्षहरलाई भेटेर जिवनी लेखेका हुन् ।

पथरी जेसीजको पूर्व पदाधिकारी समेत भैसकेका लेखक तिमिल्सिनाले जिल्लाका ६,सय ३६ जना वडा सदस्यहरुकाे तथ्यांक संकलन पनि गरेका छन्। मुख्य पूर्व – पश्चिम राजमार्ग खण्डमा मात्रै सवारीसाधन प्रयोग गर्ने तर बाईक वा अन्य कुनै पनि सावारी साधनहरू नचढी बैशाख – जेठ महिनाको टन्टलापुर घाम र गर्मी एवम् असारकाे अविरल झरी र बर्षामा पनि कम्मरसम्मकाे खोलाहरू तर्दै पुस्तकका विषयवस्तु संकलन गर्दाका केहि अविस्मरणीय क्षण तथा अनुभूति लिन पाउंदा छुट्टै आत्मसन्तुष्टि प्राप्त गरेको लेखक तिमिल्सिनाले सुनाउनुभयो।

उनले अगाडि थप्नु भयो-” भारतीय सिमा नजिक रहेका रतुवामाई नगरपालिका- १ का घनश्याम गिरीकाे रात कहिले अनिदाे मै बित्छ । जागै बसेर रात बित्छ भारतीय डाकाहरु लखेटेर । गिरीले जिवनी संकलन गर्ने सन्दर्भमा घरमा पुग्दा बताए ।”

उनको नयाँ पुस्तकमार्फत माेरङमा सुनबर्षी र बेलबारी नगरपालिकाले जिल्लामै ३ तले स्तरीय कार्यालय भवन निर्माण गरेको उल्लेख गरेका छन् ।ती तीनवटा नगरपालिकाकाे भवन सुविधा सम्पन्न बनाई सवै शाखाहरु एउटा छानाेमुनि हुदाँ जनताका लागि निकै सजिलो भएको अनुभव गरेका थिए ।

उनले पुस्तक तयारीका क्रममा कतिपय पालिकाका वडा कार्यालयहरू अहिले पनि सरकारी विद्यालय वा सामुदायिक वनमा समेत रहेको भेटाएका छन् । यसैगरी, अव्यवस्थित जग्गा प्लटिङले जिल्लाका अधिकांश पालिकाहरूमा बर्खायाममा खाेला किनारामा मात्र हैन; सुविधासम्पन्न बजारमै ठुलाे डुवान हुने गरेको पाईएकाे छ ।

पुस्तक तयारीका लागि केही पालिकाका वडाध्यक्षले वडाध्यक्ष पदमा निर्वाचित भए पनि आफ्नाे अधिकार र काम -कर्तव्य पनि बारेमा केही थाहा नभएको बताएका थिए । यस अघिका मोरङका ८ जना प्रधानमन्त्रीहरुले सत्ता संहाली सकेका यो मोरङ्ग जिल्लामा २०४९ र २०५४ साल तत्कालिन ६५ वटा गाविस अध्यक्षहरु थिए ।

पुस्तक भित्र लेखक तिमिल्सिनाले मोरङमा माओवादी जनयूद्ध तथा अन्य जनआन्दोलनमा मारिएकाहरुको विवरणहरु उल्लेख गरिएको छ।लेखक तिमिल्सिनाले पुस्तकभित्र माओवादी द्वन्द्वकालमा बेपत्ता हुनेहरु , सरकार पक्ष र माओवादी पक्षबाट मारिएकाहरुको विवरण, माेरङका प्रमुख जिल्ला अधिकारीहरु ,माेरङबाट केन्द्रीय सरकारमा मन्त्री हुनेहरु , २०१५ सालदेखि २०७४ सालसम्मका प्रत्येक निर्वाचनमा निर्वाचित जनप्रतिनिधिहरु, जिल्ला बिकास समिति, जिल्ला समन्वय समितिका सभापति/अध्यक्षहरु समेतको विवरणहरु उल्लेख गरिएको लेखक तिमिल्सिनाले जानकारी दिनुभयो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here