समाजवादी प्रेस संगठनको प्रथम विस्तारित बैठक धरानमा सम्पन्न

0
426

छविराज ढकाल/ पथरीशनिश्चरे,

सामाजवादी प्रेस संगठन १ नं प्रदेश कमिटीको प्रथम विस्तारित बैठक धरानको उद्योग वाणिज्य संघको भवनमा सम्पन्न भएको छ।

नेपाल कम्यूनिष्ट पार्टी (एकीकृत समाजवादी) का केन्द्रिय सदस्य तथा प्रदेश नं १ का इन्चार्ज घनेन्द्र बस्नेतको प्रमुख आतिथ्यतामा भएको थियो। बैठकमा प्रमुख अतिथि समेत रहनुभएका घनेन्द्र बस्नेतले विगतमा एमालेबाट विद्रोह गर्नु आवश्यकता थियो भन्नुहुंदै लोकतान्त्रिक गणतन्त्रात्मक आन्दोलनका उपलब्धिलाई जोगाउन समाजवादी पार्टी स्थापना गर्नुपरेको वताउनु भयो ।

उहाँले अगाडि निर्देशन सहित सुझाव दिँदै भन्नुभयो- “पार्टीको स्वच्छ, पवित्र र जनमुखी पार्टी बनाउन सक्छौँ। गलत विचार र सिद्धान्त वोक्ने राजनितिक शक्ति निर्माण गर्न सक्छौँ। लागी परौं। निश्चित रूपमा सफल हुन्छौं । निराश नबनौं ।”

उहाँले निर्वाचनका लागि ईमान्दार वाम क्रान्तिकारी पार्टीहरूको लोकतान्त्रिक वाम एकता वा दलहरूबिच वैचारिक र राजनीतिक उदेश्यले गठबन्धन बन्न सक्ने सम्भावना रहेको पनि उल्लेख गर्नुभयो।

नेता बस्नेतले पार्टीलाई पूनर्गठन गर्ने नभ्याउँदै बैशाख-३० मा निर्वाचन होमिनु परेको संस्मरण गर्दै आगामी मंसिर महिनामा हुने संसदीय निर्वाचनको निमित्त आजैदेखि पार्टीको संगठन विस्तार र सुदृढीकरण अभियान सुरु गर्न निर्देश गर्नुभएको थियो ।

सोहि कार्यक्रममा विशेष अतिथिको तर्फबाट प्रदेश नं १ का सचिव महेश रेग्मीले क्रान्तिकारी विचार र सिद्धान्तलाई आत्मसाथ गरी समाजवाद उन्मुख आन्दोलन जारी राख्नु अहिले पनि उत्तिकै महत्वपूर्ण रहेको बताउनुभयो। नेता रेग्मीले संगठनात्मक स्वरुप जोगाई रहन र निष्ठा- समर्पणमा लागेको योद्धाहरूले बनाएको पार्टी सुदृढीकरणका लागि लागिपरेको बताउदैं पार्टी विचार, जनताप्रति सेवा तथा सुबिधाहरू प्रदान गर्ने गरी उत्तरदायी र आदर्शको सिद्धान्त, इमान्दारीता, निष्पक्षता हाम्रो व्यवहारमा देखियो भने पार्टीको संगठन र जनमत निर्माण निश्चित रूपमा बढ्ने औंल्याउनुभयो ।

केन्द्रीय तथा प्रदेश नं १ का इन्चार्ज घनेन्द्र बस्नेतद्वारा पानसमा बत्ती बालेर उद्घाटन गरिएको बैठकमा प्रेस संगठनका प्रदेश नं १ का अध्यक्ष बन्धु पोख्रेलको अध्यक्षतामा प्रथम विस्तारित बैठक सम्पन्न भएको थियो । उद्घाटन सत्रको संचालन प्रदेश कमिटी सचिव भोला श्रेष्ठले गर्नु भएको थियो।

प्रेस संगठनका केन्द्रीय उपाध्यक्ष तथा पार्टी प्रचार विभाग सचिव विश्वमणि सुवेदी,-प्रेस संगठनका केन्द्रीय महासचिव भुपराज खड्का , -पार्टीको केन्द्रीय प्रचार सचिव प्रकाश खतिवडा, संगठनका केन्द्रीय सदस्य तथा प्रदेश नं १ का इन्चार्ज तिर्थ सिग्देल , समाजवादीका धरान इन्चार्ज किशोर सुब्बा, प्रेस संगठनका केन्द्रीय सदस्य शम्भु दहाल , पर्वत पोर्तेल र राजु अधिकारी, लगायतको उपस्थिति रहेको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here