पथरीशनिश्चरे,
समुदायिक विकास मञ्च ९सीडीएफ० नेपाल मोरङले शुक्रबार पथरीशनिश्चरे–१० मा आयोजना गरेको बक्तृत्व कला प्रतियोगितामा रतुवामाई न।पा। को महेन्द्र माविकी छात्रा सरस्वती कटुवाल प्रथम भएकी छन् ।
प्रतियोगितामा पथरीशनिश्चरे (४ भागिरथ माविकी छात्र सुशिल थारु दोस्रो र पथरीशनिश्चरे (१ को पञ्चायत माविकी लियोना भट्टराई तेस्रो भएकी छिन् ।
प्रतियोगितामा प्रथम, दोस्रो र तेस्रो हुने बिद्यार्थीहरुलाई क्रमशः ७ हजार, ५ र ३ हजार नगद, प्रमाणपत्र र ट्रफी प्रदान गरिएको थियो । मोरङको विभिन्न ९ वटा विद्यालयका १४ जना बिद्यार्थीहरूले बक्तृत्व कला प्रतियोगितामा भाग लिएका थिए ।
आयोजक संस्थाको अध्यक्ष रामचन्द्र बुढाथोकीको सभापतित्वमा भएको कार्यक्रममा अन्तर्धार्मिक शान्ति सञ्जालको केन्द्रिय अध्यक्ष रामभक्त कुरुङबाङ, १ नं। प्रदेश समिति सचिव चन्द्र घिसिङ, स्थानीय समाजसेवी प्रदिपकुमार राई लगायतले शुभकामना दिएका थिए ।
कार्यक्रमको समन्वय अन्तरधार्मिक शान्ति सञ्जालले गरेका थिए । सञ्जालको मोरङ जिल्ला अध्यक्ष सुमन कुरुम्बाङले सञ्चालन गरेको कार्यक्रममा पथरीशनिश्चरे १ स्थित सुनाखरी माविका प्रधानाध्यापक नरेन्द्र घिसिङ, भुटानी शरणार्थी शिविर सचिव चम्पासिंह राई, समाजसेवी गणेश थक्लुङ, मान दियाली, इन्द्रकुमारी लिम्बू, पथरी जेसीज अध्यक्ष अनु राई, लगायतको उपस्थिति रहेको थियो































