झापा ।

जंगली हात्तीको आक्रमणबाट झापाको कचनकबल गाउँपालिकामा मंगलबार एकजनाको मृत्यु भएको छ ।
पश्चिम देउराली चारकोसे सामुदायिक वनबाट घाँस दाउरा गरेर फर्किने क्रममा बाह्रदशी–१ का ३७ वर्षीय जगतबहादुर भुजेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रवक्त प्रहरी नाय उपरीक्षक बसन्त पाठकले जानकारी दिए ।
हात्तीको आक्रमणबाट भुजेलको घटना स्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।






























