सहाराको दानावारी सेवा केन्द्रले कर्जा सुरक्षण वापतको क्षतिपुर्ती प्रदान

0
168

झापा ।

झापाको बिर्तामोड–२ मा मुख्य कार्यालय रहेको सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था दानावारी सेवा केन्द्रले कर्जा सुरक्षण वापतको क्षतिपुर्ती रकम तीन लाख रुपैयाँ प्रदान गरेको छ ।

सहारा साकोस दानाबारी सेवा केन्द्र अन्तर्गत रहेको माई नगरपालिका–१ स्थित चिउरे सहारा महिला समुह नं. ११२ कि सदस्य टेकमाया नेम्वाङलाई श्रीमानको मृत्युपछि उक्त रकम हस्तान्तरण गरिएको हो । त्यस्तै नेम्वाङकि बुहारी मिनाकुमारी मगरलाई काजकृया खर्च बापतको पाँचहजार रुपैयाँ समेत प्रदान गरिएको छ ।

सेवा केन्द्र प्रमुख त्रिलोचन तिम्सिनाको अध्यक्षतामा भएको कार्यक्रममा माई नगरपालिका वडा नं. १ का वडाध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि रामबहादुर राईले उक्त रकम मंगलबार (आज) हस्तान्तण गरेका हुन् । गत असोज ४ गते टेकमाया नेम्वाङका श्रीमान कालिबहादुर नेम्वाङको निधन भएको थियो ।

कर्जा मिनाहा कार्यक्रममा सेवाकेन्द्र सञ्चालन सहयोग उप–समिति संयोजक सेतु तामाङ, सदस्य अम्विका चौहान, शेयर सदस्य तथा समाजसेवी गोविन्द सोताङ, वडा सदस्य भगवती वराईली, स्थानिय वुद्विजिवी अभिभावक, समुह सदस्यलगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रमको औचित्य तथा संस्थाका विविध सेवा सुविधाका वारेमा सेवा केन्द्र प्रमुख तिम्सिनाले प्रकाश पारेका थिए । कार्यक्रमका प्रमुख अतिथि वडाध्यक्ष राईले सस्थाका शेयर सदस्यलाई संस्थाले पुर्याएको सेवा सुविधाको वारेमा खुलेर प्रशंसा गरेका थिए । उनले दुःखमा परेको परिवार तथा आफ्नो परिवारका सदस्य गुमाउनु पर्दाको पीडा पछि संस्थाले गरेको ऋण मिनाहवाट ठुलो आर्थिक संकटको समाधान भएको भन्दै संस्थालाई धन्यवाद दिएका थिए ।

उनले संस्थामा आवद्ध नभएका वडाका अन्य घर परिवारलाई पनि संस्थामा आवद्व हुन आग्रह गरेका छन् । वडाध्यक्ष राईले संस्था आवद्ध नभएका अन्यलाई पनि जोड्ने साथै संस्थालाई सधैं आफ्नो साथ सहयोग रहने प्रतिवद्धता व्यक्त गरे । कार्यक्रमको सञ्चालन सेवा केन्द्रका कर्मचारी अम्वर लिम्बूले गरेका थिए ।

सोही कार्यक्रमकाबिच वाख्रा पालक कृषक दुई जना तथा उद्यमी सदस्यलाई जै घासको विउ २ केजीका दरले वितरण गरिएको थियो । यसअघि पनि अन्य ४० जना उद्यमी सदस्यलाई जै घाँसको बीउ सेवा केन्द्र मार्फत वितरण गरिएको सेवा केन्द्र प्रमुख तिम्सिनाले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here