पथरीशनिश्चरे ५ र ६ मा पशुपालन तालिम

0
299

पथरीशनिश्चरे,

मोरङको पथरीशनिश्चरे ५ र ६ मा पशुपन्छी (गाई, भैसी, बाख्रा, कुखुरा, बंगुर) पालन तालिम सम्पन्न भएको छ ।

पथरीशनिश्चरे नगरपालिका पशुपन्छी तथा मत्स्य विकास शाखाको आयोजनामा पुस ११ गतेदखि संचालित ३ दिने तालिम सम्पन्न भएको हो ।

वडा नं. ५ का वडाध्यक्ष चेतन खड्काको अध्यक्षतामा भएको कार्यक्रममा नगर प्रमुख मोहनप्रसाद तुम्वापोको प्रमुख आतिथ्यता रहेको थियो । यस्तै, वडा सदस्य तथा कार्यपालिका सदस्य तुलशा कार्की, वडा सदस्यहरु विनय तिम्सिना, बिना परियार र वीरबहादुर मगर लगायतको उपस्थिति रहेको थियो ।

यसैगरी वडा नं. ६ मा वडा सदस्य शान्ता थापाको सभापतित्वमा भएको समापन कार्यक्रमका प्रमुख अतिथि नगर प्रमुख मोहनप्रसाद तुम्वापो रहनुभएको थियो । प्रमुख तुम्वापोले तालिममा सहभागीहरू सबैलाई धन्यवाद दिदै भन्नुभयो–‘यो छोटो अवधिको तालिमबाट जे सिक्नुभयो, जिविकोपार्जनमा अवश्य लागु गर्नुहुनेछ र आत्मनिर्भर हुनुहुनेछ भन्नेमा म विश्वस्त छु ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here