प्रथम सहकारीद्वारा विद्यार्थीलाई स्वीटर वितरण

0
391

सुरुङ्गा, विर्तामोडमा प्रधान कार्यालय रहेको प्रथम बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले शिवसताक्षी नगरपालिका–५ भेलामुनिस्थित बालकल्याण आधारभूत विद्यालयका विद्यार्थीलाई स्वीटर वितरण गरेको छ ।
उक्त सहकारीको सामाजिक तथा शैक्षिक दायित्व अन्तर्गत सो विद्यालयका १ सय ५१ जना विद्यार्थीलाई जाडोका कपडा स्वीटर वितरण गरिएको हो । प्रथम बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड शिवगञ्ज सेवाकेन्द्रको २०७५ सालमा स्थापना गरिएको थियो । यस शाखाले सहकारी पसल सञ्चालन गर्दै आएको छ भने अन्य सहकारीझैं बचत सङ्कलन, ऋण लगानी लगायतका काम समत गर्दै आएको शिवगञ्ज शाखा सदस्य आनन्दकुमार प्रधानले बताए । शाखा प्रमुख नरजङ्ग राईको अध्यक्षता र शिवसताक्षी नगरपालिका–५ का वार्ड अध्यक्ष सिकिन पासवानको प्रमुख आतिथ्यमा भएको स्वीटर वितरण कार्यक्रममा प्रधानाध्यापक दधिराम गणेश, वार्ड सदस्यहरू बिमल न्यापाने, पूर्ण ताजपरिया, रिमा विश्वकर्मा, यसोदा बिमली, वडासचिव बिनिसा बाँस्कोटा लगायतको आतिथ्य रहेको थियो । सेवाकेन्द्रका सल्लाहकार रोशन पौडेलले औचित्यमाथि प्रकाश पारेको कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रञ्जितकुमार ताजपुरिया, सहकारी संस्थाका सल्लाहकार संयोजक नरेशकुमार मिश्र लगायतले मन्तव्य राखेका थिए । कार्यक्रमको सञ्चालन शिवगञ्ज शाखाका कार्यालय प्रमुख फनिन्द्र बोहोराले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here