मेवाड विश्व विद्यालयमा एक सय जना विद्यार्थीले निःशुल्क उच्च शिक्षा हासिल गर्न सक्ने

0
152

सुरेन्द्र भण्डारी

झापा, देवी माध्यमिक विद्यालय बिर्तामोडमा अध्ययनरत् बिद्यार्थीले भारतको मेवाड विश्व विद्यालयमा उच्च शिक्षा अध्ययनका लागि सतप्रतिशत छात्र वृत्ति पाउने भएका छन् ।
भारतको चित्तौरगढस्थित राजस्थानमा रहेको विश्वविद्यालयले कक्षा १० पास गरेका ५० जना र १२ कक्षा पास गरेका ५० गरी हरेक वर्ष एक सय जना नेपाली विद्यार्थीलाई सतप्रतिशत छात्रवृत्ति प्रदान गर्ने भएको हो ।

देवी माविमा मेवाड विश्वविद्यालयका कूलपतिलाई स्वागत गर्दै विद्यालयकी प्रधानाध्यापक अम्बिका श्रेष्ठ ।


जसका लागि देवी माध्यमिक विद्यालय र मेवाड विश्वविद्यालयबीच समझदारी भएको छ । बिर्तामोड – ५ स्थित देवी माध्यमिक विद्यालय आएका डा. अशोककुमार गादिया र प्रधानाध्यापक अम्विका श्रेष्ठबीच समझदारी भएको शिक्षक उमेश साहले जानकारी दिए । मेवाड विश्व विद्यालयका कुलपति डा. गादियाले देवी माध्यमिक विद्यालयमा अध्ययनरत एक सय जना विद्यार्थीलाई सत प्रतिशत छात्रबृत्ति दिने घोषणा गरेसंँगै दुई पक्षबीच समझदारी भएको हो । कक्षा १० पास गरेका ५० जना विद्यार्थीलाई हरेक वर्ष ५० लाख बराबरको छात्रवृत्ति प्रदान गरिने र कक्षा १२ पास गरेका ५० जना विद्यार्थीलाई एक करोड रुपैयाँ बराबरको छात्रवृत्ति प्रदान गरिने डा. गादियाले बताए ।

कूलपति डा. अशोककुमार गादिया । 


विद्यालयमा अध्ययनरत मेधावी विद्यार्थीलाई विश्वका जुनसुकै मुलुकमा गएर उच्च शिक्षा अध्ययन गर्न चाहे मेवाड विश्वविद्यालयले नै छात्रवृत्ति प्रदान गर्दै अध्ययनका लागि पठाउने उनको भनाइ छ । अहिले विश्वका २० वटा मुलुकमा रहेका विश्वविद्यालयसंँग मेवार्ड विश्व विद्यालयले सहकार्य गर्दै छात्रवृत्ति प्रदान गर्दै आएको डा. गादियाले बताए ।

मेवाड विश्वविद्यालय, राजस्थान

निम्नआयश्रोत भएका अधिकांश अभिभावकका छोराछोरी सामुदायिक विद्यालयमा अध्ययन गर्ने गरेको र त्यस्ता अभिभावकका छोराछोरीले आफूमा क्षमता भएपनि आर्थिक अभावका कारण पढाइबाट वञ्चित हुनु पर्ने अवस्था सृजना हुन नदिन मेवाड विश्वविद्यालयले गरिव र मेधावी विद्यार्थीका लागि छात्रवृत्ति प्रदान गर्दै आएको डा. गाादियाको भनाइ छ । मेवाड विश्व विद्यालयमा विश्वका २० देश र भारतकै २९ वटा राज्यका विद्यार्थी अध्ययन गर्न आउने गरेको बताइएको छ ।
यो विद्यालयमा एघार हजार विद्यार्थी अध्ययनरत् रहेको बताइन्छ । जसमध्ये ९० प्रतिशत विद्यार्थी गरीव परिवारका रहेको डा. गादियाले बताए । उनले छात्रवृत्तिमा गएका विद्यार्थीले रोजगारीको इच्छा गरे आफ्नै कम्पनीमा रोजगार समेत उपलब्ध गराउने बताए । मेवाड इन्स्टिच्यू्ट अफ मेनेजमेन्टका अध्यक्ष समेत रहेका डा. गादियाले सरकारी (सामुदायिक) विद्यालय भए पनि देवी माध्यमिक विद्यालयले गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको बताए । उनले भने –यो विद्यालयमा यतिका धेरै विद्यार्थी अध्ययनरत हुनुमा यहाँको शैक्षिक गुणस्तर राम्रो हुनु हो । देवी माध्यमिक विद्यालयमा अहिले करिव चार हजार जना विद्यार्थी अध्ययनरत छन् ।

मेवाड विश्वविद्यालय UGC द्वारा स्वीकृत छ । यो भारतीय विश्वविद्यालयहरूको संघको सदस्य, NAAC द्वारा मान्यता प्राप्त छ, । बार काउन्सिल अफ इन्डिया र अखिल भारतीय प्राविधिक शिक्षा परिषद द्वारा अनुमोदित छ। विश्वविद्यालयलाई राष्ट्रिय मूल्याङ्कन तथा मान्यता परिषद्बाट पनि मान्यता प्राप्त छ।

मेवाड विश्वविद्यालयले यहाँ अध्ययनरत एक सय जनाविद्यार्थीलाई छात्रवृत्त दिने घोषणा गरेसंगै विद्यालयकी प्रधानाध्यापक श्रेष्ठले खुशी व्यक्त गर्दै मेवाड विश्वविद्यालयसँंग निरन्तर सहकार्य गर्ने बताइन् । उनले डा. गादिया र मेवाड विश्व विद्यालयलाई धन्यवाद दिँदै विद्यार्थीलाई उच्च शिक्षा अध्ययन गर्ने अवसर प्रदान गरिदिएको प्रति आभार व्यक्त गरिन् ।
डा. गादियाले हरेकवर्ष २० जना शिक्षकलाई समेत तालिम प्रदान गर्ने बताए । विद्यार्थीलाई गुणस्तरीय शिक्षा दिनका लागि शिक्षक पनि दक्ष हुनुपर्छ –डा. गादियाल भने– ‘हामी गुणस्तरीय शिक्षा प्रदान गर्नका लागि शिक्षकलाई समेत तालिमको व्यवस्था गर्छाैं । जुन तालिम गुणस्तरीय शिक्षाका लागि सहयोगी हुनेछ ।’

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here