नख्खु जेल ‘ब्रेक’ गर्ने वामपन्थी एमाले नेता खरेलद्वारा पार्टी परित्याग

0
185

झापा,  नेकपा एमालेका केन्द्रीय सल्लाहकार नरेश खरेलले पार्टी भित्र स्वेच्छाचारिता बढेको भन्दै पार्टी परित्याको घोषणा गरेका छन् ।
सोमवार बिर्तामोडमा पत्रकार सम्मेलनको आयोजना गर्दै उनी सहित १० जनाले पार्टी परित्यागको घोषणा गरेका हुन् ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका विश्वास पात्र समेत रहेका खरेल यसअघि राष्ट्रिय सभा सदस्यका रुपमा थिए । पार्टीका पूर्व पोलिटव्यूरो सदस्यको जिम्मेवारी समेत सम्मालिसकेका खरेलले नेकपा एमालेले नयाँ पुस्तालाई स्थान दिएको र पुराना कार्यकर्तालाई अपमान गर्न थालेको र पार्टी मनोमानी ढंगले सञ्चालन भएको भन्दै आफू पार्टी परित्याग गर्न बाध्य भएको बताए ।
‘पार्टी भित्र देखिएको गलत पद्धति , संस्कृति , कार्यशैली र नीतिका विरुद्ध पार्टीमा रहदा अपमान र तिरस्कार सहनु परेको छ ’ नेता खरेलले भने – पार्टीले इमान्दार कार्यकर्ताको आशा विपरित पार्टी नेतृत्वमा देखा परेको गुटवन्दी दंभ र अहंकार तथा अन्तरद्वन्द्वले संसद विघटन हुँदै पार्टी तीन टुक्रामा विभाजित भयो ।’ २०३३ सालमा नख्खु जेल ‘ब्रेक’ वामपन्थी नेतामा उनी पनि पर्छन् ।
नेता खरेल सहित नेकपा एमालेको विभिन्न जिम्वेवारीमा रहेका हिरा प्रसाद पोखरेल, खिना राना मगर, कल्पना पोखरेल, गेहराम भट्टराई, अरुण पोखरेल, महानन्द सहा, भीम प्रसाद लुईटेल, साजत आलम, आवलोदिन मियाले पार्टी परित्याको घोषणा गरेका हुन् ।
सहिद रत्नकुमार वान्तवाको स्मृति दिवसको अवसर पारेर उनीहरुले पार्टी परित्यागका हुन् ।
०२७÷०२८ को ऐतिहासिक झापा बिद्रोहका योद्धा, नेपालको कम्युनिष्ट आन्दोलनका अथक योद्धा, सादगी नेता, सादा जीवन उच्च विचारको धनी, खरेल यसअघि एमाले १ नं प्रदेश कमिटीका सहईञ्चाज रहेका थिए ।
केही दिन अघि एमालेकी नेतृ चन्द्रा श्रेष्ठ, पदम थापाले पनि पार्टी परित्याग गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here