अर्जुनधारामा इन्टेरियर डिजाईनका आधारभूत तालिम सुरु

0
65

लक्ष्मी भण्डारी,
अर्जुनधारा ।

विपन्न तथा दलित, आदिवासी जनजाति, बेरोजगार युवासँग मेयर कार्यक्रम अन्र्तगत अर्जुनधारा नगरपालिकामा इन्टेरियर डिजाईनका आधारभूत सीप विकास तालिम आइतबारदेखि सुरु भएको छ ।

बिर्तामोडस्थित नेशनल टेक्निकल इन्स्टीच्यूट प्रा.लि. तालिम प्रदायक संस्था रहेको उक्त तालिम यही जेठ २३ गतेसम्म सञ्चालन हुने नगर सामाजिक विकास शाखाका प्रमुख राजविक्रम खड्काले जानकारी दिए ।

नगरपालिकाको सभाहलमा नगर उपप्रमुख खड्गमाया पराजुलीको अध्यक्षतामा आयोजित उक्त तालिमको उपप्रमुख पराजुलीले उद्घाटन गरेकी थिइन् । १५ जना प्रशिक्षार्थीको सहभागिता रहने तालिममा प्रशिक्षकद्वय अशोक राजवंशी र मनिराम पाण्डेले वाल पेन्टिङ, वाल आर्ट, थ्रीडी पेन्टिङलगायत बारे प्रशिक्षण दिने शाखा प्रमुख खड्काले बताए ।

नगर कार्यपालिका सदस्य एवम् सामाजिक विकास समितिका संयोजक कौशिलाल परियारले स्वागत गरेका उक्त कार्यक्रमको सञ्चालन शाखाकी कर्मचारी पुष्पा पौडेलले गरेकी थिइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here