झापा, झापामा रहेका सांस्कृतिक सम्पदाहरुको पहिचान गरी तिनीहरुको संरक्षण एवम् सम्वद्र्धनमा झापावासी जुट्ने भएका छन् ।
युनेस्कोका निमित्त नेपाल राष्ट्रिय आयोगको सचिवालयको आयोजनामा शिक्षा विकास तथा समन्वय इकाई झापाको सभाहलमा आयोजित कार्यक्रमका सहभागीले सामुहिक प्रतिवद्धता समेत जनाएका छन् ।
स्थानीय रुपमा रहेका भौतिक तथा अभौतिक सांस्कृतिक सम्पदाहरुको पहिचान गरी तिनीहरुको संरक्षण एवम् सम्वद्र्धनमा युवालाई सहभागी हुन प्रोत्साहन गर्ने उद्धेश्यले कार्यक्रमको आयोजना गरिएको थियो ।
युनेस्कोका निमित्त नेपाल राष्ट्रिय आयोगको सचिवालयको आयोजनामा शिक्षा विकास तथा समन्वय इकाई झापाको सभाहलमा आयोजित कार्यक्रमको उद्घाटन आयोगका निवर्तमान सदस्य एवम् उपप्राध्यापक उमेश रेग्मी गर्नु भएको थियो ।
इकाई प्रमुख राजकुमार विश्वकर्माको अध्यक्षतामा आयोजित कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयकी शाखा अधिकृत इन्दिरा बुढाथोकीले औचित्य माथि प्रकाश पार्नु भएको थियो । स्वागत भद्रपर नगर शिक्षा शाखा प्रमुख राजकुमार ओडारीले स्वागत गरेको कार्यक्रमको सहजीकरण आयोगकी सहजकर्ता उपप्राध्यापक रेग्मीले गरिरहनु भएको आयोगकी शाखा अधिकृत उषा पोखरेल बताउनुभयो । दुई दिनसम्म सञ्चालन हुने कार्यक्रममा २५ जना सहभागी छन् ।






























