झापामा विषालु सर्पको डसाइबाट एक महिलाको मृत्यु

0
138

झापा ।

विषालु सर्पको डसाइबाट झापाको हल्दिबारीमा एक महिलाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा हल्दिबारी गाउँपालिका– २ निवासी अन्दाजी ४५ वर्षीया जितेन राजवंशी रहेकी छिन् । उनलाई शनिबार दिउँसो घरमै विषालु सर्प करेतले डसेको थियो ।

सर्पको डसाइबाट गम्भीर घाइते भएकी उनलाई उपचारको लागि सर्पदंश उपचार केन्द्र चारआली लगिएको थियो ।

स्वास्थ्य अवस्था जटिल बनेपछि त्यहाँ उपचार नहुँदा उनलाई थप उपचारका लागि बिर्तामोडस्थित बीएण्डसी अस्पताल पु¥याउन साथ चिकित्सकले मृत घोषित गरेका थिए ।

श्रीमान् राम राजवंशी, दुई छोरा र दुई छोरीसहित उनी सरस्वती आधारभूत विद्यालय परिसरभित्र बसोबास गर्दै आएकी थिइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here