मैनाली समाजको केन्द्रीय समिति गठन

0
4

सुरुङ्गा।

काठमाडौंमा सम्पन्न मैनाली समाज नेपालको ११ आै केन्द्रीय परिषद् सभाले शम्भुप्रसाद मैनालीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ ।

सर्वसम्मत चयन भएको २३ सदस्यीय समितिमा उपाध्यक्षमा मिनप्रकाश मैनाली, रामप्रसाद मैनाली, अर्जुनकुमार मैनाली, प्रा.डा. सावित्री मैनाली, लवकुमार मैनाली र केदारनाथ मैनाली रहेका छन् ।

समितिको महासचिवमा दीर्घराज मैनाली, सचिवमा डिल्लीराम मैनाली, सहसचिवमा प्रेमहरि मैनाली र कोषाध्यक्षमा केशवप्रसाद मैनाली चयन भएका छन् ।

सदस्यहरूमा कृष्णप्रसाद मैनाली, डा. तारानाथ मैनाली, कमलराज मैनाली, निर्जला मैनाली, डा. रामप्रसाद मैनाली, राजेन्द्र कुमार मैनाली, केदार मैनाली, श्रीप्रसाद मैनाली, उल्लासकान्त मैनाली, ईश्वरकान्त मैनाली, लिलाकुमारी चुडाल (मैनाली) र सन्तोष मैनाली रहेका छन् ।

मैनाली बन्धुहरुबिच आपसी एकताको माध्यमबाट भाइचाराको सम्बन्ध स्थापित गर्ने र सृजनात्मक सामाजिक कार्यहरू गर्ने हेतुका साथ स्थापित मैनाली समाज नेपालले अधिवेशनको अवसरमा काशी मैनाली शिक्षा पुरस्कार, खिलमिका लक्ष्मी मैनाली पुरस्कार, भिमालक्ष्मी मीन मैनाली पुरस्कार र रमा-हरिप्रिया मैनाली स्मृति पुरस्कारसहित विभिन्न व्यक्तित्वलाई सम्मान गरिएको थियो । समारोहमा पूर्व मन्त्रीहरू राधाकृष्ण मैनाली, सीपी मैनाली लगायतको आतिथ्य रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here