पत्रकार निरौलालाई मातृशोक

0
10

झापा ।

नेपाल पत्रकार महासंघ झापाका सदस्य तथा कनकाई खबर अनलाइन पत्रिकाका सम्पादक राम निरौलालाई मातृशोक परेको छ ।

सुरुङ्गा प्रेस क्लवका अध्यक्ष समेत रहेका निरौलाकी आमा हेमकला निरौलाको शनिवार विहान कनकाई वडा नं. ७ स्थित निजी निवासमा ७० वर्षको उमेरमा निधन भएको हो ।

स्व. हेमकलाका पति टीकाराम निरौला, एक छोराबुहारी राम निरौला– शान्ता निरौला र सात जना छोरी रहेका छन् । छोरी ज्वाँइहरुमा इन्दु–भरत अधिकारी, गोमा–तारानिधि दवाडी, लक्ष्मी–राम कट्टेल, नर्वदा–डम्बर बराल, कल्पना–भीम भण्डारी, इन्दिरा– दुर्गा पोखरेल, गीता–दामोदर भट्टराई रहो छ ।

वि.सं. २०१० साल भदौ २९ गते हेमकलाको जन्म भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here