सहारा फुटबल एकाडेमीमा झापा दुई विद्यार्थी

0
5

बुट्टाबारी ।

नेपालकै प्रतिष्ठित फुटबल एकाडेमी पोखराको सहारा फुटबल एकाडेमीमा झापा अर्जुनधारा नगरपालिकाका दुई जना विद्यार्थी छनौट भएका छन् ।

अर्जुनधारा–५ का मिसन हास्दा र अर्जुनधारा–११ का मिलन मुर्मु एकाडेमीमा छनौट भएका हुन् । उनीहरु पोखरा प्रस्थान गर्नुअघि बिर्तामोडमा खेलप्रेमीहरुले विदाइ गरेका थिए । मुर्मु अर्जुनधारा–११ स्थित जुनकिरी सार्वजनिक आधारभूत विद्यालयबाट कक्षा ५ उत्तिर्ण गरी महारानीगञ्ज माविको कक्षा ६ मा भर्ना भएको हुन र हास्दा अर्जुनधारा–५ को मोहनमाया माविको कक्षा ५ मा अध्ययनरत् थिए ।

विदाइका क्रममा झापा गोल्डकप आयोजक समितिले यातायात खर्चवापत नगद १० हजार प्रदान गरेको झापा जिल्ला फुटबल संघका अध्यक्ष भगिरथ आले मामाले जानकारी दिए । दुबै जना १३ वर्षीय किशोर हुन् । मुर्मुका आमाबुबा र हास्दाका बुबा छैनन् । लोपोन्मूख जाति सन्थालको सूचीमा रहेका उनीहरु विपन्न परिवारका सदस्य हुन् । मुर्मु धर्म बुबा रञ्जन बस्नेतको घरमा बस्दै आएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जगतबहादुर मगरले जानकारी दिए ।

संघका अध्यक्ष आलेका अनुसार विदाइका क्रममा एकता स्पोर्टिङ क्लवले ट्रयाकसुट, बिर्तामोड–२ र अर्जुनधारा–५ वडा कार्यालयले फुटबल बुट, संघका कोषाध्यक्ष भुपेन लिम्बू र सदस्य टेकराज तिलिङले २–२ जोर बुट, उपाध्यक्ष मनिष दाहाल र सदस्य अमिर श्रेष्ठले ब्याग तथा बिर्तामोडको जोया स्पोर्टसले खेल सामग्री उपलब्ध गराएका थिए ।

सहारा फुटबल एकाडेमीका लागि प्रस्थान गरेका दुबै विद्यार्थीको स्वास्थ्य परीक्षणमा सफलता मिलेपछि खान, बस्न, अध्ययन र फुटबल खेल्नका लागि वातावरण तयार हुने बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here