मौरी पालनमा संलग्नलाई व्यावसायिक कृषक बनाउन तालिम

0
6

अर्जुनधारा ।

झापाको अर्जुनधारा नगरपालिका अन्र्तगत कृषि विकास शाखाको आयोजनामा बुधबारदेखि सात दिने नगरस्तरिय आधारभूत मौरीपालन सम्बन्धी तालिम शुरु गरिएको छ ।

चालु आर्थिक वर्ष ०८०/०८१को स्वीकृत वार्षिक नीति तथा कार्यक्रम अनुसार मौरी प्रबद्र्धन कार्यक्रम अन्र्तगत अर्जुनधारा–२ नं. वडा कार्यालयको सभाहलमा आयोजित उक्त तालिमको प्रमुख अतिथि अर्जुनधारा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तिलोचन रिमालले उद्घाटन गरेका थिए ।

परम्परागत वा आधुनिक तरिकाबाट मौरी पालनमा संलग्न इच्छुक महानुभावलाई व्यावसायिक कृषक बनाउँदै नगरपालिकालाई महमा आत्मनिर्भर बनाउने उद्देश्यले तालिम सञ्चालन गरिएको शाखाकी प्रमुख एञ्जिला बेडारीले बताइन् । “तालिममा नियमितरुपमा उपस्थित हुने प्रशिक्षार्थीहरुलाई मौरीको घारसहित मौरी पालनका लागि आवश्यक अन्य सामग्रीहरु पनि उपलब्ध गराउने छौं । ”–उनले थप स्पष्ट पारिन् ।

कार्यक्रमको लागि प्रदेश–समानिकरण अनुदानमार्फत् छ लाख रुपैयाँ बजेट विनियोजन भएको अर्जुनधारा नगरपालिकाको वार्षिक बजेट, नीति तथा कार्यक्रम २०८०/०८१ पुस्तकमा उल्लेख गरिएको छ ।


प्रशिक्षकद्वय सतासी महिला मौरी पालन सहकारी संस्थाकी व्यवस्थापक देवीकुमारी ओली दाहाल र मनु अधिकारीले प्रशिक्षण दिने तालिममा २४ जना बढीको सहभागिता रहने छ । सहभागीहरुलाई प्रशिक्षणको क्रममा मौरी पालन सम्बन्धी सैद्धान्तिक, प्रयोगात्मक र फिल्डको अनुगमनसँगै आवश्यक ज्ञान र सीप प्रदान गरिने प्रशिक्षक दाहालले बताइन् ।

नगर कार्यपालिका सदस्य एवम् आर्थिक समितिकी संयोजक गौरीमाया चिमरीया “अस्मिता”को अध्यक्षतामा आयोजित कार्यक्रममा वडा सदस्य शर्मिला सुब्बालगायतले मन्तव्य राखेका थिए । शाखा प्रमुख बेडारीले तालिमको औचित्य माथि प्रकाश र अधिकृत उर्मिला राजवंशीले स्वागत गरेको उक्त कार्यक्रमको सञ्चालन प्राविधिक सहायक सन्तोष लामिछानेले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here