बैठक सञ्चालन तथा माइन्युट लेखन सम्बन्धि तालिम सम्पन्न

0
7

कमल ।

कमल गाउँपालिकामा बैठक सञ्चालन तथा माइन्युट लेखन सम्बन्धिको तालिम आज सम्पन्न भएको छ ।

मेची सामुदायिक सिकाइ केन्द्र कमल ३ को आयोजनामा जेठ ९ गते बाट सुरु भएको तीन दिवसीय बैठक सञ्चालन र माइन्युट लेखन सम्बन्धि तालिम आज औपचारीक रुपमा सम्पन्न भएको हो ।

कमल ५ स्थित मङ्गलमय माध्यमिक विद्यालयको सभाहलमा सञ्चालनमा रहेको तालिममा कमल गाउँपालिका वडा नम्बर ४,५,६ र ७ का टोल विकास संस्थाका अध्यक्ष र सचिवको सहभागिता रहेको तालिमको सहजीकरण नरेन्द्र जनता माध्यमिक विद्यालयका प्रधानाध्यापक बद्री कार्कीले गरेका थिए ।

कमल गाउँपालिका उपाध्यक्ष प्रमिला न्यौपाने तिवारीले टोल विकास संस्था भनेको पालिकाकै एक महत्वपूर्ण अङ्ग भएकोले संस्थाका अध्यक्ष र सचिवले माइन्युट लेखन देखी बैठक सञ्चालन भएको हो तालिममा सिकेका कुरालाई व्यवहारमा लागुगर्न उपाध्यक्ष न्यौपानेले सहभागी हरुलाई अनुरोध गरिन् ।

समापन कार्यक्रममा बोल्दै कमल गाउँपालिका वडा नम्वर ५ का निवर्तमान वडा अध्यक्ष डम्वर बहादुर निरौला नवोदय बहुउदेश्य सहकारी सस्थाका अध्यक्ष शारणकुमार पराजुली लगायतले तालिममा सिकेका कुरालाई व्यवहारमा लागुगर्न सुझाव दिएका थिए ।

सिकाइ केन्द्रका अध्यक्ष लैन बहादुर पौडेलको अध्यक्षमा भएको तालिम समापन कार्यक्रमको सञ्चालन सचिव दुर्गाप्रसाद नेपालले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here