बिर्तामोडमा ढक तराजुको नापजाँच तथा नवीकरण शुरु

0
15

झापा, व्यवसायीको सहजताका लागि भन्दै गुणस्तर तथा नापतौल कार्यालय झापाको प्राविधिक सहयोगमा बिर्तामोडका व्यवसायीहरुका ढक तराजुको चेक जाँच तथा नवीकरण शुरु गरिएको छ ।
बिर्तामोड उद्याोग वाणिज्य संघले संघको कार्यालयमा शनिवारबाट तीन दिनसम्म ढक तराजुको चेकजाँच तथा नबीकरण कार्य शुरु गरिएको संघका अध्यक्ष राजु न्यौपानेले जानकारी दिए ।
गुणस्तर तथा नापतौल कार्यालय झापाका प्रमुख सुनिल कुमार यादवको प्रमुख आतिथ्य तथा संघका अध्यक्ष न्यौपानेको अध्यक्षतामा आयोजित कार्यक्रमकाबीच ढक तराजुको नापजाँच शुरु गरिएको हो ।
व्यवसायीहरु पनि उपभोक्ता नै हुन् – बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष न्यौपानेले भने – चार्डपर्वका समयमा कोही पनि उपभोक्ताहरु नठगिउन् भन्दै ढक तराजुको नापजाँच कार्य शुरु गरिएको हो ।
ढक तराजुको नापजाँच तथा नवीकरण गराउन गुणस्तर तथा नापतौल कार्यालय भद्रपुरसम्म जाने झण्जटबाट मुक्त गराउन यो कार्यक्रम गरिएको बताउँदै अध्यक्ष न्यौपानेले सबै व्यवसायीहरुलाई संघको कार्यालयमा आएर ढक तराजु नापजाँच गर्न÷ गराउन आग्रह गरे ।


कार्यक्रममा बोल्दै गुणस्तर तथा नापतौल कार्यालय झापाका प्रमुख यादवले विशेषागरी भारतबाट सोझैं ल्याइने ढक तराजुमा प्रमाणिकरण गरिएको चिन्ह नहुने र त्यस्ता ढक तराजुबाट उपभोक्ता ठगिने गरेको हुँदा सचेत रहन आग्रह गरे । उनले त्यस्ता ढक तराजु अनुगमनका क्रममा भेटिए २५ हजार रुपैयाँसम्म जरिवाना हुने बताए ।
प्रत्येक नापतौल यन्त्रको अनुमति लिइनुपर्ने बताउँदै उनले अनुमति नलिएका त्यस्ता यन्त्र अनुगमनका क्रममा भेटिए एक हजुरदेखि ५ हजार रुपैयाँसम्म जरिवाना हुने जानकारी दिए ।


गुणस्तर तथा नापतौल कार्यालय झापाको कार्यक्षेत्र साविक मेची अञ्चल रहेको र गत वर्ष ५५० वटा एकल तथा सामुहिक फर्मको अनुगमन गरिएको यादवको भनाई छ । त्यस क्रममा अधिकांश फर्मले नापतौल उपकरणको नवीकरण नगरिएको पाइएको बताए ।
कार्यक्रममा बोल्दै कृषि उपज बजार बिर्तामोडका अध्यक्ष निरज ओलीले बिर्तामोड उद्योग वाणिज्य संघले नापतौल यन्त्रको नवीकरण तथा नाप जाँच गराएउने सिविर सञ्चालन गरेकामा खुशी व्यक्त गर्दै कृषि थोक बजारमा पनि सिविर सञ्चालन गर्न आग्रह गरे ।
संघका वाणिज्य उपाध्यक्ष जीवन खड्काले स्वागत गरेको कार्यक्रमको सञ्चालन वाणिज्य सचिव राजकुमार साहले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here