झापा ।
कोशी प्रदेशमा लागू औषध नियन्त्रणमा उत्कृष्ट कार्य गरेको भन्दै प्रहरी नायव निरीक्षक जीवन कुमार कार्कीलाई उत्कृष्ट लागू अौषध अपराध अनुसन्धानकर्ता प्रहरी पुरस्कार प्रदान गरिएको छ ।
६९ औं प्रहरी दिवस २०८१ को अवसरमा प्रहरी नायव निरीक्षक कार्कीलाई प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले उत्कृष्ट अनुसन्धानकर्ता पुरस्कार प्रदान गरेका हुन् ।
उनी इलाका प्रहरी कार्यालय भेडेटारमा इन्चाज रहँदा पटक पटक गरी ठूलो परिणाममा लागूऔषध नियन्त्रणमा लिन सफल भएका थिए । उनले तरकारी बोक्ने गाडि, एम्बुलेन्स, तेलको ट्याङ्कर लगायतमा लुकाई छुपाई लाँदै गरेको अवस्थामा मानिस सहित ठूलो परिणामको लागूऔषध बरामद गरेका थिए । उनले त्यहाँ रहँदा गरेको कार्य सम्पादनका आधारमा प्रहरी प्रधान कार्यलयले उनलाई पुरस्कृत गरेको हो ।
कार्कीले जिल्ला ट्रफिक प्रहरी कार्यलय झापामा रहँदा पनि उत्कृष्ट कार्य सम्पादन गरेका थीए । उनी प्रहरी संगठनमा अपराध अनुसन्धानमा अब्बल मानिन्छन् । कार्की हाल इलाका प्रहरी कार्यालय पशुपतिनगर इलाममा कार्यरत रहेका छन् ।