लागूऔषध सहित ७ जना पक्राउ

0
2

विराटनगर ।

मोरङ, झापा र उदयपुरबाट लागूऔषध ब्राउन सुगर, प्रतिबन्धित औषधी र गाँजासहित ७ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

मोरङको उर्लाबारी नगरपालिका–६ मा इलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरी टोलीले प्रतिबन्धित औषधी ट्रामाडोल र स्पासपेन दुई हजार १० क्याप्सुल सहित उर्लाबारी–६ का ३० बर्षीय प्रकाश बिक र ५१ बर्षीय काजीमान सार्कीलाई पक्राउ गरेको छ ।

त्यसैगरी जिल्ला प्रहरी कार्यालय उदयपुरले त्रियुगा नगरपालिका–१२ का २० बर्षीय रुपन लिम्बू, २८ बर्षीय असिम राई, ३६ बर्षीय संजिव थापा र त्रियुगा नगरपालिका–१३ का ३५ बर्षीय मलिन थापालाई प्रतिबन्धित औषधी स्पास्मो ५० क्याप्सुल र १५० ग्राम गाँजा सहित पक्राउ गरेको हो ।

यता झापाको भद्रपुर नगरपालिका–३ मा प्रहरी चौकी मेचीपारी झापाबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा हल्दिबारी गाउँपालिका–२का २५ बर्षीय बिष्णु राजवंशीलाई एक ग्राम ९५० मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको हो । पक्राउ परेका उनीहरुको सम्बन्धमा थप अनुसन्धान भईरहेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here