मोरङको केराबारीस्थित चिसाङ बगरमा सडेको शव

0
82

केराबारी,

मोरङको केराबारी-५ चिसाङ खोलाको बगरमा सडेर दुर्गन्धित भएको अवस्थामा पुरुषको शव भेटिएको छ ।

चिसाङ खोलाको बगरमा शव फेला परेको थियो । मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीका अनुसार अन्दाजी ४५ वर्षजस्तो देखिने पुरुषको पहिचान खुल्न सकिरहेको छैन ।

स्थानीयले शव देखेर जानकारी गराउनसाथ पुगेको इलाका प्रहरी कार्यालयबाट खटिएको टोलीले घटनास्थल सुरक्षित राखेको छ ।घटनाको अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय बेलबारीबाट इन्सपेक्टर कृष्णबहादुर खत्रीको नेतृत्वमा टोली परिचालन गरिएको छ ।

मृतकको पहिचानको प्रयास गर्दै घटनाको थप अनुसन्धान अघि बढाइएको उनले बतााएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here