अर्जुनधारा।
झापाको अर्जुनधारा–५स्थित होली बेसील इङलिस बोर्डीङ स्कूलका संस्थापक एवम् वडाध्यक्ष गीताराज खड्का ‘हरि’ सम्मानित भएका छन् ।
निजी तथा अवासीय विद्यालय संगठन(प्याब्सन) झापाको आयोजना र प्याब्सन अर्जुनधाराको सञ्चालनमा बुधबारदेखि शुरु भएको पालिकास्तरिय सांस्कृतिक कार्यक्रम–२०८१को उद्घाटन कार्यक्रममा उनी सम्मानित भएका हुन् ।
अर्जुनधारा–६स्थित ब्रीलियन्ट प्यूपल्स सेकेन्डरी स्कूलको प्राङ्गणमा प्याब्सन अर्जुनधाराका अध्यक्ष बालगोपाल गौतमको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रमुख अतिथि अर्जुनधारा नगरपालिकाका प्रमुख बलदेवसिंह गोम्देन तामाङ, वडाध्यक्ष हरिशचन्द्र बाँस्तोला, प्याब्सनका पूर्व केन्द्रीय सदस्य मोहन सुब्बालगायतले पत्नी जमुना भण्डारी खड्कासहित उपस्थित भएका खड्का दम्पतीलाई दोसल्ला ओढाई सम्मान पत्र प्रदान गरेका थिए ।
२०५२ सालमा विद्यालय स्थापना गरि निजी क्षेत्रको माध्यमबाट शिक्षाको क्षेत्रमा उनले पु¥याएको योगदानको मूल्याङ्कन गर्दै प्याब्सन अर्जुनधाराले हाल वडाध्यक्षसमेत रहेका खड्कालाई सम्मान गर्ने निर्णय गरेको अध्यक्ष गौतमले बताए । गत वर्ष स्वास्थ्य क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याउन सफल अर्जुनधारा–९ निवासी लालबहादुर सुब्बा “डा.सुब्बा”लाई सम्मान गर्दै प्याब्सन अर्जुनधाराले यो सम्मान कार्यक्रम शुरु गरेको हो ।
त्यसैगरी विद्यार्थीहरुमा अन्तरनिहित प्रतिभा उजागर गर्ने उद्देश्यले प्याब्सन अर्जुनधाराको सञ्चालनमा शुरु भएको पालिकास्तरिय सांस्कृतिक कार्यक्रमको प्रमुख अतिथि तामाङले उद्घाटन गरेका थिए ।
दुई दिनसम्म सञ्चालन हुने कार्यक्रम अन्र्तगत जुनीयर गायन(१२ वर्ष मुनि), सीनीयर गायन(१२ वर्ष माथि), आधुनिक नृत्य(कक्षा–१ देखि ५), राष्ट्रिय नृत्य(कक्षा–६ देखि ८) र सांस्कृतिक नृत्य(कक्षा–९ र १०)बीच प्रतिस्पर्धा हुने प्याब्सनका उपाध्यक्ष एवम् कार्यक्रम संयोजक प्रविन कार्कीले जानकारी दिए ।
कार्यक्रममा प्याब्सनका पूर्व केन्द्रीय सल्लाहकार मोहन सँग्रौला, प्याब्सन झापाका सल्लाहकार प्रभुकुमार श्रेष्ठ, उपाध्यक्ष टीआर गौतम, सदस्यद्वय दीपेन्द्र सुब्बा र सुमन शर्मा जम्मरकट्टेल, प्याब्सन अर्जुनधाराका निवर्तमान अध्यक्ष रुद्र सिटौला, ब्रीलियन्ट प्यूपल्स सेकेन्डरी स्कूल व्यवस्थापन समितिका अध्यक्ष कैलाश पोखरेलगायतको आतिथ्य रहेको थियो । प्याब्सनका सदस्य भास्कर भट्टराईले स्वागत गरेको उक्त कार्यक्रमको सञ्चालन सचिव ताराप्रसाद नेपालले गरेका थिए