पूर्वाञ्चलका सुन्दरीहरु

0
451

[तुलसीप्रसाद निरौला ]

बिर्तामोड, भदौ २० । कोही साडीचोलो, गरगरहना लगाउन व्यस्त थिए त कोही मेकअप गर्न । शनिवार झापाको कन्काई नगरपालिकास्थित पर्यटकीय स्थल जामुनखाडी सीमसार क्षेत्रमा देखिएको दृष्य हो यो ।
शनिवार बिदाको दिन भएकाले सीमसार घुम्न आउने आन्तरिक पर्यटकको निकै घुँइचो थियो । त्यही सीमसार क्षेत्रमा भने पृथक कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रम थियो – पूर्वाञ्चल राष्ट्रिय दैनिकले आयोजना गरेको तीज विशेष फोटो सेशन प्रतियोगिता ।
महिलाहरुको महान पर्व हरितालिका तीजको पूर्व सन्ध्यामा हराउँदै गरेको मौलिक संस्कृतिको संरक्षण गर्ने उद्देश्यले आयोजना गरिएको कार्यक्रमका सहभागीहरु युवा पुस्ताले बिर्सिंदै गएको राष्ट्रिय पोशाक साडीचोलो लगाउन पाउँदा दंग थिए । कति सहभागी त आफूले पहिलोपटक साडीचोलो लगाएको बताउँदै थिए ।
आमा, दिदीहरुले त साडी चोलो लगाएको देखेकी थिएँ तर आज आफैं लगाउँदा त लगाउन नजानिँदो रहेछ्, अप्ठ्यारो हुँदोरहेछ–सहभागीहरु भन्दै थिए ।
नेपालीहरुको राष्ट्रिय पोशाक दौरा सुरुवाल र साडीचोलो पाश्चात्य फेशनले गर्दा अहिले लोपोन्मुख अवस्थामा पुगेको छ । अहिलेका युवा पुस्ता मात्र होइन प्रौड महिलाहरु पनि यस्तो पोशाक लगाउन अप्ठ्यारो मान्छन् । यस्ता पोशाकहरुको संरक्षण र मौलिक संस्कृतिको संरक्षण गर्न पूर्वाञ्चल दैनिकले आयोजना गरेको कार्यक्रमले संस्कृतिको संरक्षण गर्न झक्झक्याएकोमा सहभागीले आयोजकलाई धन्यवाद दिएका थिए ।
बालाजी ज्वेलर्सको प्रायोजन रहेको उक्त कार्यक्रममा झापा, मोरङका १५ जनाको सहभागिता रहेको कार्यक्रमका संयोजक पूर्वाञ्चल दैनिकका फोटो पत्रकार बिनोद पाण्डेले जानकारी दिए । प्रतियोगिताका सहभागीहरुलाई ब्यूटीसियन बिमला सिलवालले मेकअप गरेकी थिइन् भने बिर्ता मिडिया डट कमकी कोरियोग्राफर पुनम भण्डारीले कोरीयोग्राफी गरेकी थिइन् ।
पूर्वाञ्चल दैनिकका व्यवस्थापक चन्द्रकान्त ढकालको प्रमुख आतिथ्य तथा संयोजक बिनोद पाण्डेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा फोटो सेशनको महत्वबारे मिस झापा रचना उप्रेतीले सहभागीलाई जानकारी गराएकी थिइन् । कार्यक्रममा प्रमुख अतिथिको मन्तव्य राख्दै ढकालले महिलाहरुलाई अन्तरनिहीत प्रतिभा प्रस्फुटन गर्ने उद्देश्यले उक्त कार्यक्रमको आयोजना गरिएको बताए । उनले आगामी दिनमा यस्ता कार्यक्रमलाई निन्तरता दिइने समेत बताए । कार्यक्रममा पूर्वाञ्चल दैनिकका वरिष्ट कम्प्यूटर प्राविधिक सन्तोष अधिकारी तथा धु्रव खनाल, लोकेश अधिकारी, प्रेम श्रेष्ठ, ओमन सिटौला, बिष्णु अधिकारी लगायतले प्रतियोगीलाई शुभकामना दिएका थिए । कार्यक्रमको सञ्चालन पूर्वाञ्चल दैनिकका उपसम्पादक तुलसीप्रसाद निरौलाले गरेका थिए ।
सोही प्रतियोगिताबाट आज वसेको निर्णयक मण्डलीको टीमले छानेका ५ पूर्वाञ्चल सुन्दरीहरु ।
पूर्वाञ्चलका सुन्दरीहरु 

top 1

विना कुँवर  

शुन्दरदुलारी नगरपालिका मोरङ

top 2

 

पारु बोहोरा
झिलझिले, झापा

top 3

रीना श्रेष्ठ सुवेदी
विर्तामोड

 

top 4

 

विना दंगाल
,सुनसरी

top 5

शुष्मा अधिकारी
इटहरी हाल विर्तामोड

 

 

 

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here