चट्याङ लागेर प्रजाको मृत्यु

0
43
वाग्मती,
चट्याङ लागेर हेटाँैडा उपमहानगरपालिका–१५ कमेरोपानीमा एक जनाको मृत्यु भएको छ ।
मकवानपुर जिल्ला प्रहरी कार्यालयका प्रवक्ता श्यामु अर्यालका अनुसार चट्याङ लागेर  हेटाँैडा उपमहानगरपालिका– १६ सानो आकाशधाराका ३७ वर्षीय बुद्धबहादुर प्रजाको घटनास्थलमा नै मृत्यु भएको हो ।
स्थानीय धनबहादुर स्याङतानले सञ्चालन गरेको किराना पसलमा दैनिक उपभोगका सामान खरिद गर्न गएका बेला चट्याङ लागेर निजको मृत्यु भएको हो । शवपरीक्षणका लागि हेटौँडा अस्पताल पु¥याइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here