अशक्त वृद्धवृद्धाहरुसँग युवा समाजसेवी चम्लागाईले मनाए जन्मदिन

0
68

सुन्दरहरैंचा (मोरङ),

सधैँ समाजसेवामा खटिने स्वतन्त्र नागरिक समाज मोरङका अध्यक्ष तथा युवा समाजसेवी नेत्र प्रसाद चम्लागाईले काठमाडौँस्थित बुढानिलकण्ठ नगरपालिका – ७ गल्फुटारमा रहेको रिमा सेवा समाजमा आफ्नो जन्मदिन मनाएका छन्।

रिमा सेवा समाजमा आश्रित अशक्त वृद्धहरुसँग दु:ख साट्दै आफ्नो जन्मदिन मनाएका हुन् । रिमा सापकोटाले संचालन गरेको उक्त संस्थामा रहेका ६५ जनालाई केके सँगै भोजन स-प्रेम अर्पण गर्दै अध्यक्ष तथा युवा समाजसेवी चम्लागाईले सोमबार आफ्नो जन्मदिन मनाएका हुन् ।

‘कोही नभएका र केही नभएका आमा–बुवा बस्ने स्थानमा पुगेर जन्मदिन मनाउन पाउँदा धेरै खुशी छु’ उनले भने, ‘सस्थाका लागि आगामी दिनहरुमा पनि नियमित सहयोग गर्दै जाने वचन दिन्छु ।’ जन्मदिनको नाममा लाखौं रकम खर्च गरेर साथीभाइसँग पार्टी मनाएर जन्मदिन मनाउनुभन्दा वृद्धवृद्धालाई सहयोग गर्नु ठूलो धर्म हुने भएकाले सस्थामा रहेका वृद्धवृद्धासँग खुशीयाली साटासाट गर्दै जन्मदिन मनाएको उनले बताए ।

उनले आफ्नो जन्मदिन पारेर वृद्धवृद्धाहरुलाई खाना खाना खुवाउने पाउँदा अत्यन्तै खुशी लागेको भन्दै बेसहारा अशक्त वृद्धवृद्धाहरुको सहरा बन्ने रिमा सेवा समाजलाई सदैव साथ र सहयोग गर्ने बताए। उनले मोरङको सुन्दरहरैंचामा बिरामी देखि हरेक दुखमा परेका नगरबासीहरुको पिडामा मलम लगाउदै आएका छन्।

डिएन ग्रुपका संचालक दिपक काफ्लेले नेत्र चम्लागाईको जन्मदिन मात्र नभएर समाजसेवा गर्ने अवसर मिलेको भन्दै वृद्धवृद्धा बा-आमाहरुलाई एक छाक भएपनि खाना खुवाउने पाउँदा जन्मदिनलाई जन्मउत्सवको रुपमा लिएको बताए।

साथै संचालक काफ्लेले सस्थाको नयाँ भवन निर्माण भईरहेकाले थप सहयोग गर्ने प्रतिवद्धता पनि प्रकट गरे । युवा समाजसेवी चम्लागाईलेबाट सेवा, प्रेम र प्रेरणाका लागि गरिएको यो कार्यले समाजमा सकारात्मक ऊर्जा फैलाउने सस्थाकी संचालिका रिमा सापकोटाले अपेक्षा गरेकी छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here