बिर्तामोड एजुकेशन फाउण्डेशनको १० औं वार्षिक उत्सव

0
34

बिर्तामोड ।

झापाको बिर्तामोडमा मुख्य कार्यालय रहेको शैक्षिक परामर्श केन्द्र ‘बिर्तामोड एजुकेशन फाउण्डेशन प्रालि’ ले १० औं वार्षिक उत्सव मनाएको छ ।

इलामको पर्यटकीय नगरी सूर्योदय नगरपालिका अन्ततरगत श्रीअन्तुमा बिर्तामोड एजुकेशन फाउण्डेशनले आफ्नो १० औं वार्षिक उत्सव मनाएको हो । उच्च शिक्षा अध्ययनका लागि विदेश जान चाहने विद्यार्थीलाई आवश्यक शैक्षिक परामर्श दिने उद्देश्यले बिर्तामोड एजुकेशन फाउण्डेशन स्थापना भएको थियो ।

फाउण्डेशनका अध्यक्ष राजकुमार कार्कीका अनुसार झापाको धुलाबारी, बुधबार, सुरुङ्गा, चारआली, इलामको फिक्कल र इलाम बजारमा नै फाउण्डेशनको शाखा कार्यालयसमेत स्थापना गरिएको छ । विभिन्न क्षेत्रमा शाखा कार्यालय स्थापना गरी विद्यार्थीलाई आवश्यक शैक्षिक परामर्श सेवा प्रदान गरिरहेको अध्यक्ष कार्कीले बताए । फाउण्डेशनको मुख्य कार्यालय भने बिर्तामोड नगरपालिका–४ स्थित भद्रपुर रोडमा रहेको छ ।

बिर्तामोड एजुकेशन फाउण्डेशनले उच्च शिक्षा अध्ययनका लागि जापान, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया तथा यूरोपियन मुलुक जान चाहने विद्यार्थीका लागि आवश्यक शैक्षिक परामर्श सेवा प्रदान गर्दै आएको छ । फाउण्डेशनले जापानिज, इङ्लिश, कोरियन भाषा प्रशिक्षणका साथै कम्प्युटर कक्षा र आईएलटीएस कक्षासमेत सूचारु गरिरहेको छ ।

स्थापनाको १० औं वार्षिक उत्सवका अवसरमा फाउण्डेशनका अध्यक्ष कार्कीले सम्पूर्ण सहयोगी तथा शुभचिन्तकमा आभार व्यक्त गरेका छन् । अध्यक्ष कार्कीले सम्पूर्ण शुभचिन्तक, अग्रज व्यक्तित्व, शाखा प्रमुखलगायत कर्मचारी परिवार, विद्यार्थी, अभिभावक तथा सञ्चारकर्मीहरुमा कृतज्ञतासहित धन्यवाद दिएका छन् ।

इक्यान झापाका अध्यक्ष समेत रहेका कार्कीले भरपर्दो शैक्षिक परामर्श केन्द्रको रुपमा ‘बिर्तामोड एजुकेशन फाउण्डेशन प्रालि’ले सबैको मन जित्न सफल भएको उल्लेख गरे । आगामी दिनमा अझ शसक्त, सक्रिय र उत्कृष्ट सेवाको साथ सामाजिक उत्तरदायित्व वहनमा थप जिम्मेवार भई इमान्दारीताका साथ अविचलित रुपमा अगाडि बढ्ने अध्यक्ष कार्कीको भनाई छ ।

उनले सबै शाखाका कर्मचारीहरुलाई शैक्षिक परामर्श दिँदा बिर्तामोड एजुकशेन फाउण्डेशनको मर्मलाई नभुल्न सुझाव दिए । एक दशक सम्म एउटा संस्था सञ्चालनमा रहनु आफैंमा उत्कृष्ट भन्दै अध्यक्ष कार्कीले आम विद्यार्थी तथा अभिभावकको विश्वास गुम्न नदिने प्रतिबद्धता जनाए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here