खुलाल बस्नेत समाजको साधरणसभा सम्पन्न

0
1

कनकाई।

खुलाल बस्नेत समाजको कुलपजासहित २५ औं साधरणसभा सम्पन्न भएको छ।

कनकाई नगरपालिका-४ कोटीहवनस्थित खुलाल बस्नेत समाजको धनञ्जय आश्रममा कुलपूजा,रुद्री,चण्डीपाठ, होमादि धार्मिक अनुष्ठानसत २५ औं साधरणसभा सम्पन्न भएको हो । खुलाल बस्नेत समाज धनञ्जय आश्रम व्यवस्थापन समितिका अध्यक्ष भीमबहादुर बस्नेतको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

कार्यक्रममा गत वर्ष निर्माण गरि हालै परिमार्जनसहित पूर्णता दिइएको संस्थाको विधान कार्यान्वयन गरिएको घोषणा गरिएको थियो। त्यसैगरी संस्था सञ्चालन सहज बनाउन चाँडै अक्षयकोष स्थापना गरिने जानकारी गराइएको छ।

यस अघि नै विधान निर्माणका लागि कृष्ण बस्नेतको संयोजकत्वमा समिति गठन गरिएको थियो। यस विषयमा खुलाल बस्नेत समाज मोरङका उपसभापति तथा पथरीशनिश्चरे नपा-७का वडाध्यक्ष उद्वव बस्नेतले जानकारी गराएका थिए।

आश्रम व्यवस्थापन समितिका अध्यक्ष भीमबहादुर बस्नेतले आयव्यवसहित समितिको गतिविधिवारे प्रकाश पारेका थिए। उनले संस्थालाई दिगो सोचका साथ अगाडि बढाउन समाजको विधानको पूर्ण पालना र अक्षयकोषको स्थापनाका साथै सांगठनिक सक्रियता र विस्तार गर्न सबै एकजुट भएर लाग्नुपर्नुमा जोड दिए। कार्यक्रममा कुलपजा तथा धार्मिक अनुष्ठानको आयव्ययबारे प्रतिवेदन व्यवस्थापन समितिका कोषाध्यक्ष चन्द्रबहादुर बस्नेतले प्रस्तुत गरेका थिए।

२०४७ सालमा स्थापित संस्थामा हाल झापा, मोरङ, सुनसरी, इलाम, धनकुटालगायत पूर्वी क्षेत्रका खुलाल बस्नेत आबद्ध रहेका छन्। समाजका झापा जिल्लाअध्यक्ष पदम बस्नेत, धनञ्जय आश्रमका सल्लाहकार संयोजक तथा निवर्तमान अध्यक्ष लक्ष्मण बस्नेत, केशरबहादुर बस्नेत, समाजका बिर्तामोड नगर अध्यक्ष योगेन्द्र बस्नेत, सञ्चारकर्मी रत्नबहादुर बस्नेतलगायतको आतिथ्य रहेको कार्यक्रमको सञ्चालन समितिका सचिव ईश्वरी बस्नेतले गरेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here