अर्जुनधारा ।

झापाको अर्जुनधारा नगरपालिका अन्र्तगतको रोजगार सेवा केन्द्रको आयोजनामा वैदेशिक रोजगारी सम्बन्धी अभिमुखिकरण कार्यक्रम शुरु भएको छ ।
नगरपालिकाको सभाहलमा आयोजित सो कार्यक्रम समुदायस्तरमा रहेका वैदेशिक रोजगारीमा जान चाहने नगरवासीहरुलाई लक्षित गरि सुरक्षित वैदेशिक रोजगारी सम्बन्धी जानकारी दिने उद्देश्यले आयोजना गरिएको सामाजिक विकास शाखा प्रमुख हिमराज सेंढाईले बताए ।
नगरपालिकाकी उपप्रमुख एवम् कार्यक्रमकी सभाध्यक्ष खड्गमाया पराजुलीले उद्घाटन गरेको कार्यक्रम तीन दिनसम्म सञ्चालन हुने केन्द्रकी संयोजक प्रतिज्ञा थापा मगरले जानकारी दिइन् । कार्यक्रमको पहिलो दिन मंगलबार अर्जुनधारा नगरपालिका–७ र ८का ५० जना र दोस्रो दिन बुधबार अर्जुनधारा नगरपालिका–३का ४० जनाको सहभागिता रहेको बताइएको छ ।

कार्यक्रमको तेस्रो दिन बिहीबार अर्जुनधारा नगरपालिका–५ र ११ नं. वडाका सहभागीहरुको सहभागीता रहने बताइएको छ । सहजकर्ता सुरक्षित आप्रवासन कार्यक्रम झापाका संयोजक शेखर बुढाथोकीले कार्यक्रमका सहभागीहरुलाई नेपालीहरु विदेशमा जानुपर्ने अवस्था, नेपालमा वैदेशिक रोजगारीको वर्तमान अवस्थालगायतका विषयमा सहजिकरण गरेका थिए ।
सामाजिक विकास शाखा प्रमुख सेंढाईले कार्यक्रमको औचित्यसहित स्वागत मन्तव्य व्यक्त गरेको उक्त कार्यक्रमको सञ्चालन केन्द्रकी संयोजक मगरले गरेकी थिइन् ।































