झापाली समाज कतारद्वारा भित्ते पात्रो अनावरण

0
2

दोहा, कतार ।

झापाली समाज कतारद्वारा प्रकाशित भित्ते पात्रो अनावरण गरिएको छ । शुक्रबार अर्थात २४ अप्रिल २०२६ मा अन्तर्राष्ट्रिय झापाली समाजका अध्यक्ष महेन्द्र चौलागाईंको प्रमुख आतिथ्यमा भव्य रूपमा २०८३ सालको भित्ते पात्रो अनावरण गरिएको हो।

कार्यक्रम झापाली समाज कतारका पदाधिकारी तथा अन्तर्राष्ट्रिय झापाली समाजका पदाधिकारी हरूबीच भेटघाट तथा विचार आदान–प्रदान गर्ने विशेष अवसरपारेर भिते पात्रो अनाबरण गरेको बताइएको छ। कार्यक्रममा अन्तर्राष्ट्रिय झापाली समाजका अध्यक्ष महेन्द्र चौलागाईं, उपाध्यक्ष नवीन पोखरेल, उपाध्यक्ष चुडामणि कार्की, सचिव भवानीप्रसाद कोइराला र मध्यपूर्व संयोजक केशव कार्की, कार्यसमिति सदस्य अर्पण बिक्रम खड्काको उपस्थिति रहेको थियो।

त्यस्तै, झापाली समाज कतारका संरक्षक राजन कार्की, सल्लाहकार तिलक सिलवाल, कार्यवाहक अध्यक्ष गणेशप्रसाद दुलाल, उपाध्यक्ष किरण परियार, महासचिव बिमल भारती, सचिव कृष्ण कार्कीलगायत समाजका सम्पूर्ण पदाधिकारी, सदस्यहरू तथा कतारमा रहेका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रममा सहभागीहरूबीच आपसी सद्भाव तथा शुभकामना आदानद्दप्रदान गरिएको थियो। भित्ते पात्रोमा नेपाली चाडपर्व, महत्वपूर्ण तिथि मिति तथा झापाली समुदायसँग सम्बन्धित विविध जानकारी समेटिएको छ।

भित्ते पात्रोको अनावरण गर्दै वक्ताहरूले यसले नेपाली कला, संस्कृति तथा परम्पराको संरक्षण र प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरे। विदेशमा रहेर पनि नेपाली पहिचान जोगाइराख्न यस्ता पहलहरू अत्यन्त आवश्यक रहेको उनीहरूको भनाइ थियो।

महासचिव बिमल भारतीले पात्रो प्रकाशनको उद्देश्यबारे प्रकाश पार्दै सहयोग गर्ने सम्पूर्ण संघसंस्था तथा व्यक्तिहरूप्रति धन्यवाद व्यक्त गरे। साथै, उक्त पात्रो नेपालका विभिन्न स्थानमा निःशुल्क वितरण भइरहेको जानकारी पनि गराए। भारतीले नेपालमा रहेर पनि झापाली समाजको प्रत्येक गतिविधि मिडियामा प्रचारप्रसारमा सहयोग गर्ने शब्दपत्र डटकम परिवार र त्यसका सम्पादक तथा प्रकाश उद्धव पुरी, सहकारीमार्फत हरेक बिपद व्यवस्थापनमा सल्लाह सुझाव, सहयोग गर्ने देशकै सवै भन्दा ठूलो सहकारी सहारा नेपाल साकोस परिवार र त्यसका कार्यकारी प्रमुख तथा सामाजिक अभियन्ता महेन्द्रकुमार गिरी, नेपाल पत्रकार महासंघ झापा परिवार र अध्यक्ष एकराज गिरी, साथै बिभिन्न संघसंस्था र भिते पात्रो प्रकाशनमा सहयोग गर्ने पत्रकार सन्तोष शर्मालगायतले पनि बिशेष धन्यवाद दिएका थिए ।

कार्यवाहक अध्यक्ष गणेशप्रसाद दुलालले सहयोगी, प्रायोजक तथा सदस्यहरूलाई धन्यवाद ज्ञापन गरे । उनले आगामी दिनमा यस्ता सामाजिक तथा रचनात्मक कार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे।

कार्यक्रममा बोल्दै अन्तर्राष्ट्रिय झापाली समाजका उपाध्यक्ष तथा झापाली समाज कतारका प्रमुख संरक्षक चुडामणि कार्कीले सन् २००४ मा स्थापना भएदेखि हालसम्मका गतिविधिहरूको स्मरण गर्दै आगामी दिनहरूमा पनि समाजप्रति आफ्नो निरन्तर साथ र सहयोग रहने प्रतिबद्धता ब्यक्त गरेका थिए ।

त्यस्तै, उपाध्यक्ष नवीन पोखरेलले समाजका आगामी सामाजिक कार्यहरूमा सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गर्दै अन्तर्राष्ट्रिय झापाली समाजले सहकार्य गर्दै अघि बढ्ने विश्वास व्यक्त गरेका थिए ।

अन्तर्राष्ट्रिय झापाली समाजका अध्यक्ष महेन्द्र चौलागाईंले समाजले गरेका कार्यहरूको प्रशंसा गर्दै आगामी दिनमा व्यक्तिगत तथा संस्थागत रूपमा निरन्तर सहयोग रहने प्रतिबद्धता व्यक्त गरेका छन् । साथै, कार्यक्रममा उपस्थित सम्पूर्णप्रति धन्यवाद ज्ञापन गर्दै कार्यक्रम समापन गरिएको थियो।

कार्यक्रमको सहजीकरण अन्तर्राष्ट्रिय झापाली समाजका सचिव साथै झापाली समाज कतारका संरक्षक भवानीप्रसाद कोइरालाले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here