डढेलोजन्य जोखिम कम गर

0
1

नेपालमा पछिल्लो समय वर्षा नहुँदा सुख्खाका कारण डढेलोका घटना तीव्र रुपमा वृद्धि भएको छ । मण्डलमा पनि प्रदूषणको तह उच्च भएको तथ्यांकले देखाएको छ । वन तथा भू–संरक्षण विभागको तथ्यांक अनुसार सुख्खा मौसम र उच्च तापक्रमका कारण आगोको सानो झिल्कोले पनि आगलागीको जोखिम बढेको छ । यसले वायुमण्डलमा जमेको धुलोको करणले उपत्यकाको वायुको गुणस्तरलाई ज्यादै खराब बनाउन थालेको छ । सुख्खा, डढेलो र आगलागीको जोखिम बढी हुने चैत महिनामा यो वर्ष कमी आयो । तर, पछिल्लो समय वर्षाको अभाव भएपछि सुख्खा बढेकोले डढेलो, आगलागी र प्रदूषणको जोखिम बढेको छ ।

वनमा जम्मा भइरहेका सुख्खा जैविक इन्धनको घनत्व वन क्षेत्र बढेसँगै बढ्दै गएको छ । डढेलो विज्ञले डढेलोले प्रति वर्ष औसतमा आठ जनाको ज्यान लिने गरेको छ । डढेलो वन क्षेत्रको नजिकमा रहेको मानव बस्तीमा पस्दा ठूलो भौतिक तथा आर्थिक क्षति पनि हुने गरेको छ । राज्यले संरक्षित वनको अवधारणा अनुसार वन क्षेत्र बढ्दै गएको अवस्थामा त्यसका कारण निम्तिने जोखिम नियन्त्रण गर्न पनि त्यत्तिकै ध्यान दिन जरुरी छ । अहिले वनमा निर्भर जनसंख्या तुलनात्मक रुपमा घट्दै गएको छ । इन्धनका रुमपा एलपी ग्यास, वायो ग्यास र विद्युतको उपभोग बढ्दै जाँदा वनका दाउरा र सोत्तरको उपभोग घटेको छ । जसले सुख्खा जैविक इन्धन बढाउँदा सुख्खायाममा डढेलोको जोखिम बढाएको छ ।

देशका विभिन्न ठाउँमा बढ्दै गएको डढेलो र त्यसको असरले काठमाडौं उपत्यका विश्वकै प्रदूषित शहर बनिएको छ । वर्षाको अभाव, सुख्खा मौसम र डढेलोका कारण उपत्यकामा वायु प्रदूषण तीवै रुपमा वृद्धि भएको हो । वायुको गुणस्तर मापन गर्ने एयर क्वालिटी इन्डेक्स (एक्युआई)का अनुसार क्रमशः बढ्दै गएको प्रदूषण बिहीबार २४७मा पुगेको, जुन अत्यन्त अस्वस्थ तहमा पर्ने बताइन्छ । प्रदूषण बढ्नुको मुख्य कारण नै वर्षा नहुनु, हावाको गति कम हुनु र तापक्रम बढ्नु जस्ता मौसमी अवस्था हुन् । यसले प्रदूषित कणहरु वायु मण्डलमै थुप्रिन्छन र वायु प्रदूषण बढ्छ । सरकारका तर्फबाट डढेलो र आगलागीका घटना हुन नदिन सन्देशमूलक सूचनाहरु प्रवाह गरिन्छ, पूर्व तयारीका लागि प्रशिक्षण पनि दिइन्छ, तर डढेलो र त्यसले निम्याउने जोखिम यथावत छ । यस्तोमा स्थानीय तहसँग पनि समन्वय गरी सबै तहको सरकार, समबद्ध, निकाय र पक्षको सहभागितामा संयुक्त अभियान चलाउनुपर्छ, यसले डढेलोजन्य विपद् न्यूनीकरण गर्न सकिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here