झापाबाट बैदेशिक रोजगारमा जाने घट्दै

0
804

झापा।

कुनै समय बैदेशिक रोजगारीमा जानेमा झापाली पहिलो नम्बरमा पर्थे । अधिकांश घरबाट कम्तीमा एक जना बैदेशिक रोजगारीमा जाने गरेका थिए ।

अझ युवायुवती उमेर पुग्ने बित्तिकै पासपोर्ट बनाउन सदरमुकाम धाउने गरेका थिए । तर, पछिल्लो समय झापामा पासपोर्ट (राहदानी) बनाउनेको संख्यामा कमी आएको छ ।

जिल्ला प्रशासन कार्यालय झापाका अनुसार आर्थिक वर्ष २०७२÷०७३मा १९ हजार सात सय २३ जनाले राहदानी लिएका थिए । त्यस्तै आर्थिक वर्ष २०७३÷०७४मा १४ हजार पाँच सय २६ जनाले राहदानी बनाए भने गत आर्थिक वर्ष २०७४÷०७५मा १३ हजार ७७ जनालाई राहदानी वितरण गरिएको राहदानी शाखाका प्रमुख युवराज कट्टेलले जानकारी दिए ।

झापाका अधिकांश युवायुवती विदेशिए पनि पछिल्लो समय राहदानी बनाउनेको संख्याका कमी आएको कट्टेलको भनाइ छ । वैदेशिक रोजगारीमा जानेभन्दा आफ्नै देशमा स्वरोजगार बन्ने अवधारणाको विकास भएसँगै पछिल्लो समय राहदानी बनाउने संख्यामा कमी आएको जनाइएको छ । सरकारले स्वरोजगार कार्यक्रमलाई प्राथमिकता दिएसँगै स्वदेशमा नै केही गरौं भन्ने युवायुवतीको जमात बढ्दै गएको हो ।

पछिल्लो समय झापमा गाईपालन, कुखुरा व्यवसाय लगायत कृषि क्षेत्रमा युवा शक्तिको आकर्षण बढ्दै गएको छ । वैदेशिक रोजगारीका लागि खाडी मुलुक राज्नेको संख्याका वर्षेनि कमी आउने गरेको वैदेशिक रोजगार विभागले जनाएको छ ।

विदेश जाँदा धेरै नेपालीले सिपको अभावका कारण दुःख पाउने गरेको घटना सार्वजनिक भएपछि पछिल्लो समय सिप सिक्दै आफ्नै देशका काम गर्नेको संख्यामा वृद्धि भएको बताइएको छ ।

बिगतका वर्षहरुका राजनीतिक अस्थिरताका कारण देखाउँदै विदेशिनेहरुको संख्या बढेपनि राजनीतिक स्थिरतासँगै स्वदेशमा नै केही गर्नुपर्छ भन्ने मान्यता राखेर व्यवसाय गर्नेहरुको संख्या बढ्दै गएको जनाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here