मिडिया काउन्सिल विधेयकको विरोधमा कांग्रेस-राजपाद्वारा संसद अवरोध

0
496

काठमाडौं,

प्रतिनिधिसभा बुधबारको बैठक प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र राष्ट्रिय जनता पार्टी, नेपालले अवरोध गरेको छ।

कांग्रेसले मिडिया काउन्सिल विधेयकलाई लिएर संसदको बैठकमा अवरोध गरेको हो भने राजपाले आफ्ना माग पूरा नगरेको भन्दै विरोध गरेको हो। बैठक सुरु हुने बित्तिकै राजपाका सांसदहरू सिटबाट उभिएर विरोध गरेका हुन।

मधेस र थारु आन्दोलनको छानबिन प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै उनीहरूले यसअघिका बैठकमा पनि विरोध गर्दै आएका थिए। कांग्रेस सचेतक पुष्पा भुसालले सरकारले संसद सचिवालयमा दर्ता गरेको मिडिया काउन्सिल विधेयकको विरोध गर्दै अवरोध गर्नुपरेको बताइन।

त्यस्तै मानवअधिकारसम्बन्धि विधेयकको पनि कांग्रेसले विरोध गरेको हो। कांग्रेसले मिडिया काउन्सिल विधेयक अगाडि बढाउन नदिने भन्दै संसद बैठक अवरोध गरेको हो। लोकतान्त्रिक मुलुकले प्रेसलाई अंकुश लगाउन नहुने भन्दै भुसालले उक्त विधेयक फिर्ता लिनुपर्ने बताइन। सदनमा प्रवेश गर्न नदिनुपर्ने उनको माग थियो।

राजपाका सांसद प्रमोद साहले पनि उक्त विधेयकको विरोध गरेका थिए। सभामुख कृष्णबहादुर महराले सांसदले उठाएका विषयमा सरकारको ध्यानाकर्षण गराएका छन्।-थाहाखबरबाट

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here