गर्मीका कारण मलामीको मृत्यु

1
518

भद्रपुर, झापामा अत्याधिक गर्मीका कारण मलामी गएका एक व्यक्तिको मृत्यु भएको छ ।

अत्याधिक गर्मीका कारण मृत्यु हुनेमा भद्रपुर नगरपालिका ६ बस्ने अन्दाजी ६० वर्षीय सिताराम यादव रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । प्रहरीका अनुसार बुधवार विहान झुण्डिएर आत्महत्या गरेका भद्रपुर ६ बस्ने १८ वर्षीय रोहन यादवलाई मेची नदीमा दाहसंस्कारका लागि लगिएको थियो । सिताराम बुधवार दिउँसो रोहनको मलामी गएका थिए । बुधवार झापामा अत्याधिक गर्मी रहेको थियो । मलामी गएका यादवसहित भद्रपुर ६ वस्ने राजु यादव पनि अत्याधिक गर्मीका कारण मेची नदी किनारमै बेहोस भएका थिए । मलामीमै बेहोस भएका दुवै जनालाई तत्काल उपचारका लागि मेची अञ्चल अस्पताल लगिएको थियो ।

वेहोस भएका सितारामको अञ्चल अस्पतालमा उपचार सम्भव नभएपछि थप उपचारका लागि विपी मेमोरियल स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपा लगिएको र उनको उपचारको क्रममा त्यही अस्पतालमा मृत्यु भएको वडा प्रहरी कार्यालय भद्रपुरका प्रहरी निरीक्षक यमकुमार श्रेष्ठले जानकारी दिए । पारिवारीक स्रोतका अनुसार मृतक सिताराम मुटु रोगी बिरामी थिए । यता गर्मीका कारण बेहोस भएका राजुको उपचारपछि घर फर्किसकेको प्रहरीले जनाएको छ । ‘तीन दिनदेखि झापामा अत्याधिक गर्मी बढेको छ’, प्रहरी निरीक्षक श्रेष्ठले भने, ‘मेची नदीमा दाहसंस्कारका लागि मलामी जाने व्यक्तिहरुको बस्ने मलामी घर नहुदाँ यस्तो घटना हुन पुग्यो ।’

1 COMMENT

  1. गर्मीकाे कारण भनिएको छ तर समाचारमा कति डिग्री तापक्रम थियाे भन्ने खुलाईएकाे छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here