‘मधुर मिलन’मा स्मृति

0
982

झापा बिर्तामोडकी स्मृति ओलीले व्यावसायिक मोडलिङ यात्रा शुरु गरेकी छिन् । सत्यराज आचार्यको स्वरमा रहेको ‘मधुर मिलन’ गीतको म्युजिक भिडियोमा अभिनयसँगै उनले व्यावसायिक मोडलिङ यात्रा शुरु गरेकी हुन् ।

चर्चित गीतकार डा. डीआर उपाध्यायको रचना रहेको मधुर मिलनमा सागर अधिकारी ‘सरद’ को संगीत रहेको छ । प्रहील कार्कीको निर्देशनमा बनेको म्युजिक भिडियोमा मोडेलद्वय स्मृति ओली र प्रवीन बरालले अभिनय गरेका छन् ।

मोडेल स्मृति ओली मिस टिन झापा २०१५ कि बिजेता हुन् । त्यस्तै प्रवीन बराल अस्ट्रेलियाको सिड्नी युर्निभर्सिटीबाट सफ्टवेयर इञ्जिनियरिङ गरेर हाल एजुकेशन काउन्सलरको रुपमा परिचित छन् ।

झापा बिर्तामोड– ५ का युवा व्यवसायी टहलदास ओली र मिरा ओलीकी छोरी स्मृति टिभी फिल्मीले सञ्चालन गरेको को बन्छ कलाकार ? मा उत्कृष्ट भएकी थिइन् । सानैदेखि कलाकारीतामा रुची राख्ने स्मृतिले सो सिम्पल र त्यो दिन नामक चलचित्रमा समेत अभिनय गरेकी छिन् । काठमाडौंमा पढ्दै रहेकी स्मृति पढाइसँगै अभिनय र मोडलिङ क्षेत्रलाई अघि बढाउँदै जाने बताउँछिन् ।

स्मृतिले म्युजिक भिडियो राम्रो बनेको र दर्शकले उक्त भिडियो मनपराउनेमा आफू ढुक्क रहेको बताइन् । अञ्जिता कँडेलको सहनिर्देशन रहेको भिडियोमा बिनय तामाङको सिनेमाटोग्राफी र माधव बेल्बासेको सम्पादन रहेको छ ।

म्युजिक भिडियोको छायांकनपछि पोस्ट प्रोडक्सनको काम भइरहेकोले छिट्टै नै बजारमा आउने र गीतसँगै भिडियो पनि उत्कृष्ट बनेको हुनाले दर्शकले अत्यधिक मन पराउने निर्देशक प्रहील कार्की बताउँछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here