बाह्रदशीमा एक बालकको शव फेला

0
722

बिर्तामोड ।

झापाको बाह्रदशीमा एक बालकको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार बाह्रदर्शी –२ बस्ने रोहित मलिकका ११ वर्षीय छोरा सागर मलिकका रहेका छन् ।

सोहि ठाउँका सन्तोष मलिकका १२ वर्षीय छोरा बादल मलिक र सागर मलिक घरबाट साईकलमा खेल्न भनेर हिडेका थिए । स्थानीय घाग्रा खोलाको किनारमा साईकल र लगाएको कपडा फेला परेपछि प्रहरीले खोजीकार्य तीब्र बनाएको प्रहरीले बाह्रदर्शी –१ सिप्ताबारी नजिक बिरीङ खोलामा साईकल तथा कपडा फेला परेको स्थान भन्दा ९ किमि दक्षिणमा मंगलबार सागरको शव भेटिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रवक्ता डीएसपी महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।

उनीसँगै वेपत्ता रहेका बादल मलिक भने फेला नपरेको प्रहरीले जानकारी दिएका छन् । उनको खोजी कार्य भइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here