ओझेलमा आदर्श गौरादह पोखरी

0
1614

मोहन मैनाली,

हाम्रो देश नेपालमा रहेको सुन्दर मनोरम् ताल पोखरी छाँगा, छहरा, उपत्यका, गल्छेङ्ग, डाँडा, वन, उपवन र सूर्योदय दृश्य अवलोकन गर्दा त्यसले स्वर्गीय आनन्द तुल्याउँछ ।

वन औषधि जडीबुटीहरु प्रसस्त पाइने उर्वर भूमि हो– नेपाल । ऋषिमुनीहरुको तपोभूमि, वैदीक सनातन, हिन्दू, बौद्ध, मुस्लिम, सिख, इसाई, जैन, विभिन्न भाषाभाषि र जातजातिको समावेशी थलो हो नेपाल । सुदुरपूर्वको झापा जिल्लाको पश्चिम दक्षीणमा अवस्थित गौरादह नगरपालिकाको वक्षस्थलमा सुसोभित सुन्दर गौरादह पोखरीको प्राकृतिक पहिचानको रुपमा रहेको छ ।

शान्त, सुन्दर प्राकृतिक गौरादह पोखरी कुटी पुरानो हो भन्ने सन्दर्भको खोजी गर्दै जाँदा यहाँका वयोवृद्ध जानिफकारहरुका अनुसार करिब यहाँको मानवबस्ती विकासको प्रारम्भ मै १०–१२ वटा गहिरा पोखरीहरु रहेका थिए ।

त्यसमध्ये गौरादहको उत्तरको पराङ्गनीलाई चिर्दै गेउरीय झर्ना झरेको हुँदा यसैबाट पोखरीको निर्माण हुन सक्ने अथवा रतुवा नदि वा कृष्णी नदीले आफ्नो बहावका करण पोखरी निर्माण भएको हुन सक्ने सम्भाभित खोजीनीतिको अवस्था रहेको छ । यहाँका आदिबासीका रुपमा रहेका ताजपुरियाहरुको यस क्षेत्रमा बाहुल्यता रहेको छ ।

उनीहरु कै भाषाको जनजिब्रोमा यसपोखरीलाई गेराद (गौरादह) भनियो । प्राचीनकालमा (डङ्ग) नाउ आकारको आकृतिमा अवस्थित यो पोखरीको फैलावट करिब १५ विगाह क्षेत्रफल र यो क्षेत्र घना जंगलले ढाकिएको थियो । घनावन र पोखरी दुबै एकै साथ भएका कारण यहाँ धेरै जंगली जनावर पाइनु स्वभाविक हो । गौरीगाई, निलगाई, हरिण, मृग चरण र बासस्थानका साथै पानीखाने पोखरीका रुपमा रहेको कुरा गौरादहका तात्कालीन प्रधानपञ्च समेत रहेका रोहित बस्नेतले बताएका छन् ।

कालान्तरमा धेरै पोखरी पुरिँदै जंगल कटानी हुँदै जाँदा खेतीयाग्य जमिन बनियो भने यो पोखरी पोखरी कै रुपमा अध्यावधि रहेको छ । यो गहिरो पोखरी गैरोदह (गौरादह) २००८÷१० सालतिर पहाडतिरबाट झरेका केही सामाजिक अगुवा व्यक्तिहरुले शिवशक्ति तत्व रहेको छ भन्ने अनुमान लगाई यस पोखरीलाई गौरादह पोखरी भनियो । यसै पोखरीको नामबाट आदर्श गौरादह पञ्चायतको नामाकरण गरियो । २०२०÷०२२ सालसम्म यस पोखरीको फैलावट करिब १५ विगाह थियो । २०२४ सालमा यहाँका तत्कालीन प्रधानपञ्च रनबहादुर बस्नेत (डिप्ढाबा)ले पहिलो पटक पोखरीको उत्खनन् गरेको बताइएको छ ।

गौरादह डिपु चोकबाट पूर्व जाने बाटो बजारतिर र बजारबाट उत्तरतिरको बाटो र त्यसैगरी डिपुबाट उत्तर दक्षिणका बाटोको कारण पोखरीको पानी निकास गर्ने कल्भर्ट र पोखरी दक्षिणका पक्की भवनका साथै बिकासका विविध गतिविधिका कारण पोखरीको क्षेत्रफल घट्न गएको कुरा शिक्षाविद् गोपाल काफ्लेले बताएका छन् ।

हाल आएर पोखरीको क्षेत्रफल १२ विगाह कायम भएको बुुझिएको छ भने पोखरी कै सन्दर्भमा तथ्यमा आधारित केही प्रसंगहरु बताउँदै रेडियो नेपालका गायक सीताराम ताजपुरिया आफ्ना हजुरबाले बताएको एउटा कथा सुनाउँदै भन्छन् –यो पोखरी शिव–पार्वतीले नुराको पोखरी हो । पोखरीको केही कतै भागमा एक शिवालय बन्न सके पोखरीले सार्थकता पाउने थिए ।

यहाँ जम्मा चारवटा पोखरीहरु रहेका छन् । त्यसमध्येको उत्तरपट्टीको पोखरी विद्यालयको स्वामित्वमा रहेको (स्वामित्व) र आएर तीन वटा पोखरीहरु नगरपालिकाको मातहतमा रहेका छन् । यसका लागि २०७४÷०७५ को बजेटबाट नगरपालिकाले यसको गुरुयोजना तयार गरी पोखरी व्यवस्थापन समिति बनाई समितिले काम गरिरहेको भन्ने बुझिएको छ । यसका लागि एक करोडको बजेट व्यवस्थापन गरी शुरु गरिएको छ ।

सदियौँ वर्ष पुरानो पोखरी अहिलेसम्म सम्बन्धी निकायहरुको ध्यान नपुगेका कारणपछि परेको मात्रै होइन सम्पूर्ण बजारबासीको फोहर फाल्ने डस्टवीन नबनेको होइन । यस्तो ऐतिहासिक पहिचान बोकेको सुन्दर सरोवर पोखरीलाई पर्यटकीय आगमन स्थल बनाउन स्थानीय सरकारले मेहनत गरिरहेको छ ।

पर्यटकीय आगमन स्थल बनाउन जलाधार सिमसार क्षेत्रको संरक्षण गरी आधुनिक पार्क निर्माण गरी नाउ व्यवसाय सञ्चालन, सुन्दर माछासहितको कमलपोखरी, स्वीमिङ्ग ताल, पुष्प बाटिका, राष्ट्रिय विभुतीको शालिक, बाल उद्यानका साथै पोखरीको मध्य भागमा एक शिव मन्दिर र मन्दिरसम्म जाने पुलको निर्माणका साथै ग्राम बजारको दृष्य अवलोकन गर्नका लागि भ्युटावरको निर्माण लगायत गर्नका लागि नगरपालिकाको ध्यान जानसके आन्तरिक तथा वाह्य पर्यटकहरुको आगमनमा वृद्धि हुने थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here