मेचीनगरलाई पर्यटन वर्ष मनाउन प्रदेश र केन्द्र सरकारबाट सहयोग भएन्–आचार्य

0
614

बिर्तामोड ।

नेपाल सरकारले सन २०२०लाई पर्यटन भ्रमण वर्ष मनाउने घोषणा गरिरहँदा मेची नगरपालिकाले भने संघीय र प्रादेशिक सरकारबाट आफूहरुलाई कुनैपनि सहयोग नभएको बताएको छ ।

सन २०२० आउन लाग्दासमेत भ्रमण बर्षलाई लक्षित गर्दै मेचीनगरपालिकामा कुनै पनि कार्यक्रम र बजेट नआएको नगरप्रमुख विमल आचार्यले बताए । उनले भने – ‘अन्य नगरपालिका भन्दा फरक छ मेचीनगर । यो पालिका भएर बर्षेनि हजारौं पर्यटकहरु नेपाल भित्रन्छन् । स्थालमार्ग भएर पूर्बी नाका काँकरभिट्टबाट भित्रने पर्यटकको संख्या बिराटनगर भन्दा बढी छ । तर यो नाकालाई संघीय सरकारले र प्रदेशिक सरकारले प्राथमिकतामा राख्न सकेन ।’

पर्यटन वर्षलाई सफल बनाउन स्थानीय सरकारको तर्फबाट पहल थालिएको बताउँदै आफ्नो पहलले मात्रै सम्भव नहुने हुँदा प्रदेशिक र संघीय सरकालाई समेत पर्यटन वर्षका लागि सहयोग पु¥याईदिन आगह गर्छु नगरप्रमुख आचार्यले भने –‘यो ठाउँको थोरै मात्र प्रचार गर्न सकएको खण्डमा स्थल मार्ग भएर आउने पर्यटकका पर्यटकीय क्षेत्रमा पर्यटकहरुको चहलपहल बढेर जान्छ ।’

पर्यटन वर्षलाई सफल बनाउन नगरपालिकाले स्थानीय स्तरमा समिति निर्माण गरिसकेको नगरप्रमुख आचार्यले बताए । उनले भने – ‘काँकरभिट्टानाका भएर आउने पर्यटकका लागि हेल्प डेक्स समेत राखिएको छ ।’ भारतबाट ‘एक्जिट’ गर्न आउने पर्यटकको संख्या पनि पूर्वा नाका काकरभिट्टामा बढी रहेकाले यहाँ हेल्प डेक्स राखिएको हो ।

पूर्वी नाका काँकरभिट्टा संघीय र प्रदेशिक सरकारको नजरमा नपरेको भन्दै सरकारले नै यस ठाउँलाई छायाँमा पारेको प्रति आफू दुःदी भएको बनताउँदै नगरप्रमुख आचार्यले भने –‘ बोर्डर भनेको सबैको साझा हो यो ठाउँको विकासका लागि सरकारले अली बढी महत्वका साथ हेर्नु पथ्र्याे ।’पर्यटन वर्ष २०२० लाई सफल बनाउन सरकारले तामझामका साथ तयारी गरिरहदा समेत स्थानीय सरकारसंग समन्वय नगरेको नगर प्रमुख आचार्यले दुखेसो पोखे । उनले भने – दमक प्रधानमन्त्री केपी शर्मा ओलीको निर्वाचन क्षेत्र जहाँ जतिपनि बजेट आउने, बिर्तामोड बीचको केन्द्र भएको र यहाँका मानिसको पहुँच अलिबढी पु¥याएकाले बजेट भित्रने तर, मेचीनगरलाई हेरिदिने खालको मानिस कोही भएन ।’

संघीय र प्रदेशिक सरकारले वजेट वितरणमै भेदभाव गर्ने गरेको गुनासो गरेका नगरप्रमुख आचार्यले आचार्यले प्रतिप्रश्न गर्दै भने – राष्ट्रिय महत्व बोकेको नाकालाई आखिर किन विभेद गरिन्छ ?

उनले पर्यटनको उदाहरण दिँदै भने – ‘समन्वयको कमीमा पर्यटन त प¥यो प¥यो , सरकारले तराई मधेश समृद्धि कार्यक्रम, सहरी विकासका योजना, विशेष अनुदानका कार्यक्रमलाई समेत प्राथमिकतामा पारेको छैन ।’

भूगोल र जनसंख्याका हिसावले देशकै ठूलो नगरपालिका रहेपनि आफूहरुलाई उपेक्षामा राखेको नगरप्रमुख आचार्यको गुनासो छ ।

नगरको समग्र विकासका विषयमा संक्षिप्त धारणा राख्दै नगरप्रमुख आचार्यले भने – ‘नगरमा आवश्यक चिजहरु, वाटोको संजाल, धार्मिक, सिँचाई, कृषिको क्षेत्रमा , शिक्षाको क्षेत्रमा समेत अन्य नगरको तुलनामा आफ्नो नगरले राम्रो गरेका छौं ।’

फोहोरमैला व्यवस्थापनका लागि पहल भईरहेको बताउँदै लेदो जन्य फोहोरको व्यवस्थापन र प्रशोधनका लागि तयारी पूरा भएको बताए । उनले भने–‘चारआलीमा विशेष प्रकारको प्लान्ट राखेर लेदो जन्य फोहोरको व्यवस्थापनको तयारी पूरा भएको छ जसका लागि बैकल्पिक उर्जाको प्लान्ट राखेर लेदोजन्य फाहोरको व्यवस्थापन गरिन्छ ।’

यता बिर्तामोड नगरपालिका प्रमुख ध्रुवकुमार शिवाकोटीले अन्दुवा खोला व्यवस्थापनका लागि डीपीआर तयार गरेको बताएका छन् । जसको व्यवस्थापनका लागि एक सय ७८ करोड रुपैयाँ लाग्ने बताए । उनले भने – ‘विर्तामोडको समग्र व्यवस्थापन गर्न पहिला अन्धुवा खोला व्यवस्थापन गर्नु पर्छ जसलाई व्यवस्थापन गर्न मात्रै एक सय ७८ करोड रुपैयाँ लाग्ने रहेछ त्यसको डीपीआर समेत तयार भइसक्यो ।’

अन्धुवा खोलाको व्यवस्थापन गर्न आफूले विश्व बैंक र चीन सरकारसंग सहयोगका लागि अनुरोध गरेको बताउँदै नगरप्रमुख शिवाकोटीले भने – विश्व बैंकको सहयोग र चीन सरकारले सहयोग नगरुञ्जेल स्थानीय सरकारको तर्फबाट व्यवस्थापन गरेर लगेका छौं यद्दपि हाम्रो मात्रै प्रयासले यसको व्यवस्थापन सम्भव छैन तसर्थ विदेशी मुलुकको सहयोग माग्नु परेको हो ।’

चुनावताका गरेका प्रतिवद्धता अनुसार आफूले काम गरिरहेको बताउँदै शिबाकोटी भन्छन् –‘अन्धुवा खोलाको व्यवस्थापन बाहेक अन्य कुरा पूरा गर्ने प्रतिवद्धतामा कही कमी हुने छैन ।’

नगरले बिर्तामोडलाई अग्यार्निक नगरको घोषणा गरेको र प्रदूषण मुक्त नगर घोषणाको तथारी गरेको बताउँदै बिर्तामोडलाई ‘साइन्स सिटी’ बनाउने बताएका छन् । उनले साइन्स सिटी बनाउने पहल थालेको बताउँदै अबका केही वर्षभित्र बिर्तामोडलाई साइन्स सिटी बनाएरै छाड्ने धारणा राखे ।

नगरको समग्र विकास निर्माणका विषयमा जनकारी गराउँदै अगाडि भने – नगरको पहिलो प्राथमिकतामा स्वास्थ्य परेको छ । स्वास्थ्य नै सबैभन्दा ठूलो धन भएकाले बिर्तामोड नगरपालिकाले आफ्ना नगरका सबै नागरिकलाई स्वास्थ्य राख्न विशेष कार्यक्रम सञ्चालन गरेको छ ।

त्यस्तै कृषि क्षेत्रमा राज्यले लगाने गरेको भन्दा अढाई करोड बढी रकम विनियोजन गरेको बताए । उनले भने –‘ लोकल मदिरा खाएर वितन्डा मच्चाउने परिबारका लागि पनि वैंकल्पिक व्यवस्था गरिदिएर उनीहरुको जीवनस्तर उकास्न सहयोग पु¥याएका छौं । कसैलाई वंगुर, कसैलाई कुखुरा, कसैलाई माछा, वाख्रा , गाई जसले जे पाल्न चाहेको छ त्यो अनुसारको व्यवस्थापन गर्दै नगरपालिकाले गरिवी निवारणमा समेत टेवा पु¥याउने काम गरिरहेको छ ।

कृषकका लागि गाई पाल्न प्रोत्साहन गर्दै र एलपी ग्यासको सट्टा गोवर ग्यासको प्रयोग बढाउन गत वर्ष एकसय वटा प्लान्ट निर्माण गरिएको र यो वर्षपनि दुई सय वटा ग्यासका प्लान्ट जडान गरिने नगरप्रमुख शिवाकोटीले बताए । उनले भने –शिक्षा तर्फ आचारण शिक्षा विद्यालयमा सुरु गरिएको छ । स्वास्थ्यमा दशवटै वडामा स्वास्थ्य चौकी, अन निर्माण गरिने वाटो घाटोको सबै इन्स्योरेन्स गर्ने व्यवस्थापन समेत मिलाएका छौं । ७६ विपन्न परिवारका लागि आवास निर्माण गरेको बताउँदै सहारा नेपाल र ह्याविट्यासंगको सहकार्यमा यो वर्ष २ सय विपन्न परिवारलाई घर निर्माण गर्ने नगरप्रमुख शिवाकोटीले बताए ।

उता दमक नगरपालिका प्रमुख रोमनाथ ओलीले अहिलेसम्म २० वटा गरु योजना बनाएर नगरको विकास भइरहेको बताएका छन् । जनचाहाना अनुसारको विकास भइरहेको बताउँदै नगरप्रमुख ओलीले भने – हामी जनप्रतिनिधि निर्वाचित भएर गएपछि विकास निर्माणले तीव्रता पाएको छ । आफूहरुले घोषाणा गरेका कार्यक्रमहरु मध्ये ९० प्रतिशत कामको सुरुवात गरिसकेको बताउँदै नगरप्रमुख ओली भन्छन् – फोहोर मैला व्यवस्थापन र लागू औषध दुव्र्यवसनको भने दमक नगरपालिकालाई ठूलो चुनौति छ ।

लागू औषध नियन्त्रणका लागि पहल भइरहेको र फोहोरमैला व्यवस्थापनका लागि तीन विगाह क्षेत्रफलमा अहिलेफोहोर पूर्ने काम भइरहेको बताए । अन्य नगरपालिकाको भन्दा दमक नगरपालिकाको श्रोत बढी रहेको रिपोटर्स क्लव बिर्तामोडमा आयोजित कार्यक्रममा नगरप्रमुख ओलीले बताए ।कार्यक्रमको सञ्चालन रिपोटर्स क्लवका सञ्चालक शेखर सेढाईले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here