काँकरभिट्टा,

मेचीनगर नगरपालिकाले नोभल कोरना भाइरसको त्रासको यो अवस्थामा नगरक्षेत्रमा सञ्चालित औषधि पसलहरुलाई कृत्रिम अभाव सिर्जना नगर्न आग्रह गरेको छ ।
बजारमा मास्कको अभाव भइरहेको जनगुनासो बढेसँगै नगरपालिकाको अनुगमन समितिले आइतबार नगरको मुख्य व्यपारिक बजार काँकरभिट्टामा रहेका आधा दर्जनबढी औषधि पसलको अनुगम गदैं सञ्चालकहरुलाई मास्कलाई अत्यवश्यक वस्तुको कृत्रिम अभाव सिर्जना नगर्न आग्रह गरेको हो ।

अनुगमन समितिका संयोजक एवम् नगर उप्रमुख मीना पोखरेल उप्रेती नेतृत्वमा रहेको अनुगमन टोलीले काँकरभिट्टास्थित मनिषा, कृषा, रिस्ता, काँकरभिट्टा, शिवदर्शन, भरोशा , शान्ति मेडकल हलको अनुगमन गरेको थियो ।
टोलीले ती औषधि पसलमा मास्कको मौज्दात अवस्था पछिल्लो पटक खरिदतथा आवश्यक प्रमाण पत्र हेरेको थियो । बजारमा अन्य औषधि बाहेक मास्कको अभाव देखिएको अनुगमन टोली संयोजक नगर उप्रमुख मीना पोखरेल उप्रेतीले जानकारी दिनुयो ।
उहाँले औषधि पसलमा ज्वरो १ सय ४ डिग्री फरेनहाइट माथि आएका, घाटी र टाउको दुखेका, लामो समयदेखि रुघाखोकी लागेका तथा श्वासप्रश्वासमा समस्या देखिएका विरामी आए तत्काल नगरपालिको स्वास्थ्य शाखा तथा काँकरभिट्टामा रहेको कोरोना भाइरस परामर्श सहायता कक्षमा जानकारी गराउन समेत आग्रह गर्नुभयो ।

टोलीमा नगरपालिकाका खाद्य अधिकृत दीपेन्द्र कार्की, स्वस्थ्य शाखाका सहसंयोजक रामनारायण यादव, मेची उद्योग बाणिज्य संघका सदस्य उमेश सुवेदी, कार्यकारी अधिकृत गोपाल वस्नेत इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रहरी नायव उपरीक्षक राजेन्द्र पोखरेल, सशस्त्र प्रहरी नायव उपरीक्षक ज्ञानमणि पौडेललगायतको सहभागिता रहेको टोलीमा संलग्न मेचीनगर नगरपालिकाका प्रेस संयोजक लक्ष्मी उप्रेतीले जानकारी दिनुभयो ।





























