सुर्यको स्मृतिमा विविध कार्यक्रम

0
1028

विर्तामोड ।

रामचोकका सकृय युवा एवम् क्रिकेट खेलाडी स्व. सुर्य गौतमको १४ औं स्मृति दिवस विविध कार्यक्रम गरी मनाइएको छ । रामचोक युवा समुहको आयोजनामा रक्तदान , महिलाको पाठेघरको मुखको क्यान्सर जाँच लगायत गरी स्मृति दिवस मनाइएको हो ।

झापामा भइरहेको रगत अभाव टार्ने उद्धेश्यले नेपाल रेडक्रस सोसाइटी विर्तामोड उपशाखाको प्राविधिक सहयोगमा भएको कार्यक्रममा ४३ जनाले रक्तदान गरेको रामचोक युवा समूहका सचिव राजु गौतमले जानकारी दिए ।

सोही कार्यक्रममा नेपाल परिवार नियोजन संघ भद्रपुर र स्वास्थ्य चौकी चारपानेको प्राविधिक सहयोगमा महिलाको पाठेघरको मुखको क्यान्सर जाँच गरिएको थियो । कार्यक्रममा ६० जना महिलाले सेवा लिएको समूहका सचिव गौतमले जानकारी दिए ।

त्यस्तै मोहनमाया माविमा अध्ययनरत् विपन्न परिवारका चार जना विद्यार्थीको परिवारको स्वास्थ्य विमा गरिएको थियो भने सोही विद्यालयमा कक्षा ११ मा अध्ययनरत् विपन्न परिवारका एक जनालाई एक वर्षको शुल्क र शैक्षिक सामग्री प्रदान गर्ने घोषणा गरिएको थियो ।

संस्थाका अध्यक्ष लेखनाथ खनालको अध्यक्षता तथा नेपाल रेडक्रस सोसाइटी झापाका सभापति लोकराज ढकालको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा टिकेन्द्र खनालले औचित्यमाथी प्रकाश पारेका थिए ।

कार्यक्रममा संस्थाको स्तरोन्नतिका लागि स्व. सुर्य गौतमका वुवा तुलसी गौतमले नगद ५१ हजार प्रदान गरेका थिए । कार्यक्रममा पत्रकार ज्ञानेन्द्र निरौला , खगेन्द्र ढकाल , कमल मिश्र लगायतले स्व. गौतमले पुर्याएको योगदानको चर्चा गरेका थिए । कार्यक्रमको सञ्चालन सचिव राजु गौतमले गरेको सदस्य भगीरथ लुइँटेलले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here