कोरियामा रहेका माईका युवाले गरे २५ क्वीटल खाध्यान्न सहयोग

0
848

विमल दहाल,
माई इलाम
श्रमका लागि दक्षिण कोरिया गएका युवाहरुले माई नगरपालिकालाई शुक्रबार खाध्यान्न सहयोग गरेका छन ।
माई नगरपालिका घर भई हाल दक्षिण कोरियामा श्रम गर्दै रहेका १६ जना युवाहरुले खाध्यान्न सहयोग गरेका हुन । माई नगरपालिका स्थित कन्काई माविका प्रधानाध्यापक हरि प्रसाद पौड्याल मार्फत नगर कार्यपालिका सदस्य तथा वडा नम्बर–८ का वडाध्यक्ष भक्त बहादुर आङदम्बे, स्वास्थ्य शाखा संयोजक पुष्कर कट्टेल र योजना अधिकृत लक्ष्मण भुर्तेललाई संयुक्त रुपमा पच्चिस क्वीटल चामल प्रदान गरेका हुन ।


बिश्वब्यापी महममारीका रुपमा फैलिएको कोरोना भाईरस रोकथाम र नियन्त्रणका लागि लकडाउन भएपछी बिपन्न र श्रमिकहरु समस्यामा रहेको भन्दै राहात प्रदान गर्न खाध्यान्न सहयोग गरिएको उनीहरुले प्रअ पौड्याल मार्फत जानकारी गराएका थिए । माई नगरपालिका भित्र घर भएका उनीहरुले १ लाख १७ हजार ५ सय ६५ रुपैया नगद संकलन गरि पठाएको र सो रकमको पचाँस बोरा मन्सुली चामल खरिद गरि नगरको राहात कोषमा जम्मा गरिएको पौड्यालले बताँउनुभयो ।
दक्षिण कोरियामा श्रम गरि सहयोग गर्नेहरु माई–२ का रुपक पौड्याल, माई–४ का तिलिहाङ्ग योङहाङ्ग, माई–७ समिर पौड्याल, माई–४ का दिलिप मगरबाट जनही नगद ९ हजार ९ सय २७ रुपैया, माई–८ का रमेश बुढाथोकी, माई–८ कै सुक बहादुर लिम्बु, माई–३ का फुर्वा तामाङ्गबाट जनही नगद ७ हजार ९ सय ३६ रुपैया, त्यस्तै माई–१ का भुपेन्द्र सुब्बा, माई–४ का बुद्ध काम्बाङ, माई–४ कै सुर्य लिम्बु र माई–५ का बसन्त नेम्वाङ्गबाट जनही नगद ६ हजार नौ सय ४० रुपैया, माई–२ का किशोर लिम्बुबाट ५ हजार ५ सय १ रुपैया सहयोग गरेका छन । यसरीनै माई–१० का गणेश समाल, माई–४ का उत्तम मगरबाट जनही ५ हजार ४ सय ४७ रुपैया र माई–३ का विमल राई र माई–५ का चेतन राउतले जनही नगद ४ हजार ९ सय ४७ रुपैया जम्मा गरि पठाएको बताईएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here