झापा ।
विरिङ खोलामा आएको बाढीले बगाउँदा झापामा एक व्यक्ति वेपत्ता बनेका छन् ।
झापा गाउँपालिका – ५ का ३५ वर्षीय राजेश गणेशलाई आज अपरान्ह विरिङ खोलाले बगाएर बेपत्ता बनाएको हो ।
मलामी गएका उनी पौडी खेल्ने क्रममा वाढीले बगाएपछि बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय झापामा प्रहरी नायव उपरीक्षक राकेश थापाले बताउनुभयो ।
स्थानीय र प्रहरीको सक्रियतामा उनको खोजीकार्य भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।